Wednesday, January 29, 2014

विविध प्रश्नहरु



मितिः २०७०।१०।१५
1. नेपालको मौजुद प्रशासनलाई सुधार गरी आधुनिक बनाउनका लागि वि.सं. २००९ सालमा भारतबाट आएका एन एम बुचको नेतृत्वमा गठित प्रशासन सुधार आयोगका अन्य सदस्यहरु को को थिए ?
2.प्रशासन सुधार आयोग २०२५ ले कर्मचारीको उमेरको हक कति वर्ष तोकेको थियो ?
3. वि.सं. १९३६४ मा तत्कालीन प्र.म. चन्द्र शमशेरले लालमोहरको सट्टा प्रयोग गरेका खड्ग निशानाको कार्यलाई खड्ग निशाना अड्डाको रुपमा व्यवस्था गरिएको थियो भने कहिले खारेज गरियो ?
4. राणाकालमा ऐन बनाउनेनयाँ भन्सार लगाउनेबकस दिनेमेमो सदर गर्नेराणा परिवारको अंशबण्डा गर्नेजुवा फुकाउनेविर्ता बाँड्नेनियुक्तीसरुवाबढुवा लगायतका प्रशासनिक कार्य गर्ने निकाय कुन थियो ?
5. जंगबहादुर राणाले बेलायतबाट फर्केपछि स्थापना गरेको देवानी र फौजदारी मुद्दा हेर्ने तथा पुनरावेदन गर्ने सर्वाधिकार अदालती निकाय कुन हो ?
6. राजा पृथ्विनारायण शाहकै पालामा स्थापना भएको मानिएको सरकारी रकम कलमको हरहिसाब दुरुस्त राख्ने उद्देश्यले स्थापित निकाय कुन हो ?
7.वि.सं. १९६९ सालमा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित पुस्तकालयको नाम के थियो ?
8.सर्वप्रथम कमलरीमुक्त घोषणा गरिएको जिल्ला कुन हो ?
9. कोशी बाँधको कूल लम्बाई कति रहेको छ ?
10. सगरमाथामा पहिलो आरोणको व्यवस्थित प्रयास कहिले भएको थियो ?
उत्तरहरुः
1. के.जी. मठानी र एस.के. आनन्द
2. ५५ वर्ष
3. वि.सं. २००८ वैशाख १ (खड्ग निशानाको चाबी राखे बापत बडामहारानीलाई बार्षिक रु. ५००००।- तलब दिइन्थ्यो ।)
4. खड्ग निशाना अड्डा
5. कोटिलिङ
6. कुमारी चोक
7. पुस्तक तहसिल
8. दाङ
9. ३७७० फिट
10. सन् १९२१ (मिस्टर जर्ज म्यालोरीको नेतृत्वमा)
(www.facebook.com/nepali.sampraspaudel)

Sunday, January 5, 2014

होनहार युवा

आमा चैं छे कोदो खाने‚ छोरी चिकेनचिल्ली‚
सुपारी नि माग्छ बाउ‚ छोरो तान्ने खिल्ली ।

ऋण गरेरै भए पनि मोटर बाइक चढ्ने‚
क्याल्सियम नि कति खान्छन् हप्तैपिच्छे बढ्ने ।

घर फर्कँदा गल्लीपिच्छे पटक पटक लड्ने‚
गाँजा र चिलिममा झ्याप छन् केको क्याम्पस पढ्ने  ?

केटी बोक्यो पछाडिमा‚ हाँक्यो आँखा चिम्ली‚
दुई जिउ एकै पारी कस्छे पिंकी‚ कम्ली ।

पच्चिस हातको बाटोमा बाइकको लर्को‚
चालकलाई प्रेसर हाई‚ चढ्नेलाई झन् चर्को ।

बिहे हुनुअघि मोरी भन्छे मेरो बाबा‚
खल्ति काट्यो बाउचैंको भयो हावाकावा ।

मोतिले भाषा सपारे‚ भानुले खनाए कुवा‚
मति पनि के लाग्यो हौ कठै होनहार युवा ।

चार कक्षामा पढ्ने केटो आठ कक्षाकीलाई लाइन मार्छ‚
भ्यालेन्टाइनमा चुम्मा गर्दै चिलाउने लुतो सार्छ ।

च्यात्छ पाइन्ट‚ उधार्छ जुत्ता‚ गन्हाउँदो मोजामोजी‚
सिलाउँछ झोलाभन्दा ठूलो भुत्ते गोजी ।


छोटो बाटो बाइक मागी मागी चढ्नुपर्ने‚
ट्राफिक जाम छ पच्चिस मिनेट तै नि चढ्नुपर्ने ।

जसको छैन लाइसेन्स उही १२० मा चलाउँछ‚
जुन गोरुको सिङ छैन‚ उसको विस्तारै पलाउँछ ।

च्वास्स २