Wednesday, January 29, 2014

विविध प्रश्नहरु



मितिः २०७०।१०।१५
1. नेपालको मौजुद प्रशासनलाई सुधार गरी आधुनिक बनाउनका लागि वि.सं. २००९ सालमा भारतबाट आएका एन एम बुचको नेतृत्वमा गठित प्रशासन सुधार आयोगका अन्य सदस्यहरु को को थिए ?
2.प्रशासन सुधार आयोग २०२५ ले कर्मचारीको उमेरको हक कति वर्ष तोकेको थियो ?
3. वि.सं. १९३६४ मा तत्कालीन प्र.म. चन्द्र शमशेरले लालमोहरको सट्टा प्रयोग गरेका खड्ग निशानाको कार्यलाई खड्ग निशाना अड्डाको रुपमा व्यवस्था गरिएको थियो भने कहिले खारेज गरियो ?
4. राणाकालमा ऐन बनाउनेनयाँ भन्सार लगाउनेबकस दिनेमेमो सदर गर्नेराणा परिवारको अंशबण्डा गर्नेजुवा फुकाउनेविर्ता बाँड्नेनियुक्तीसरुवाबढुवा लगायतका प्रशासनिक कार्य गर्ने निकाय कुन थियो ?
5. जंगबहादुर राणाले बेलायतबाट फर्केपछि स्थापना गरेको देवानी र फौजदारी मुद्दा हेर्ने तथा पुनरावेदन गर्ने सर्वाधिकार अदालती निकाय कुन हो ?
6. राजा पृथ्विनारायण शाहकै पालामा स्थापना भएको मानिएको सरकारी रकम कलमको हरहिसाब दुरुस्त राख्ने उद्देश्यले स्थापित निकाय कुन हो ?
7.वि.सं. १९६९ सालमा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित पुस्तकालयको नाम के थियो ?
8.सर्वप्रथम कमलरीमुक्त घोषणा गरिएको जिल्ला कुन हो ?
9. कोशी बाँधको कूल लम्बाई कति रहेको छ ?
10. सगरमाथामा पहिलो आरोणको व्यवस्थित प्रयास कहिले भएको थियो ?
उत्तरहरुः
1. के.जी. मठानी र एस.के. आनन्द
2. ५५ वर्ष
3. वि.सं. २००८ वैशाख १ (खड्ग निशानाको चाबी राखे बापत बडामहारानीलाई बार्षिक रु. ५००००।- तलब दिइन्थ्यो ।)
4. खड्ग निशाना अड्डा
5. कोटिलिङ
6. कुमारी चोक
7. पुस्तक तहसिल
8. दाङ
9. ३७७० फिट
10. सन् १९२१ (मिस्टर जर्ज म्यालोरीको नेतृत्वमा)
(www.facebook.com/nepali.sampraspaudel)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २