Sunday, March 9, 2014

नयाँ पुस्ता

सम्मानीय नयाँ पुस्ता‚
जव देश सम्हाल्ने वृद्धहरुसँग युवा जोश र जाँगर अनि युवा व्यवस्थापनको सोच आउँछ उसका चाउरी गाला र सेता दाह्रीहरुले  त्यहाँ के अर्थ राख्लान् र ? वृद्धवृद्धाहरुले यति सोच्दिए उनको के जाँदो हो ? त्यसो त सबै युवा बाइक एक्सिडेन्ट भएर मर्दैनन् होला  नी हामीमाथि राज गर्ने हजुरबा हजुरआमाहरु ।


छिल्लिएका बाजे बज्यैहरु‚
नातिनातिना सरहका युवापुस्ताका अगाडी सानदार गाडी‚ आलिसान महल‚ तारे होटलमा गरिबी निवारणबारे मिटिङ‚ सहमतिका रद्दी गानाहरुले भोको पेट र बेरोजगारका लागि राहत देउन् भन्ने ठान्छन् भने पात्तिएका बोकाहरु, च्यातिएका नाङ्लाहरु‚ उध्रिएका लुँगीहरु‚ फाटेका धोतिहरु‚ सत्ताको गाँसले साउनमा फुलेको आचिका लिँडहरु  तिमीहरुलाई छिल्लिएका बाजे बज्यै भन्दा अर्थोक के शब्दले सम्बोधन गरुँ ? औसत आयु नाघेपछि पनि सत्तामा खोक्दै, डकार्दै, सत्तालाई नै टपरा र कोपरा बनाएर बस्न कसरी सकेका ? कुहिएका दिल्लीहरु, थुइक्क सिल्लीहरु !


बाटो बिराएका नयाँ पुस्ताहरु‚
कर्मठहरुलाई समयको अभाव हुन्न । चोरहरुलाई दिनरातको सिमा हुन्न । तस्विर हेर्ने चस्माभन्दा आँखा नै मुख्य वस्तु हो । खडेरीमा थोपाको कति महत्व ? हो जिन्दगी एउटा खहरे हो‚ त्यसको पनि के भर छ र ? पंख नहुनेलाई आकाश जति नै खुल्ला भए पनि के त्यसको के अर्थ ? दृश्टिबिहिनलाई टिभि उपहार दिँदा उसको अपमान धेरै हुँदो हो । म भन्छुः समाचार पत्रिकामा होइन‚ घटनामा डुबेको हुन्छ । गाला जोड्दैमा त्यो मायाँ नै हो भन्ने मुर्खता नठान्नु । मायाँ त भावनासँग गरिन्छ‚ विचारको सम्मान हुनुपर्छ‚ धैर्यता र जुगजुग बिताउने एकका हातमाथि अर्कोका साथ हुनुपर्छ । चिनेको केही दिन र महिनामै एकअर्काका जाँङ र टाङ मिलाउनैपर्ने यो कस्तो मायाँ हो उरन्ठेउला ठिटाठिटी हो तिमेरका ? जुग जुग जिउने कसम खाएका मायाँका पात्रहरु‚ मायाँलाई गाँजाको ह्याङ नठान्नु । यो एक सिजनको पुषमा न्यानो पार्ने साधन होइन‚ सिङ्गो जिन्दगीलाई न्यानो पार्ने कोशिस गरे राम्रै होला नि ।

मानवप्रेमी नयाँ पुस्ता‚
उनलाई कहिलेकाँही पुरुषवादी ठान्नेहरु पनि छन् । "छोटा लुगा लगाउनुलाई पनि शारीरिक स्वतन्त्रता भन्न मिल्छ? छोटा लुगा लगाएर हिँड्दैमा राम्रो देखिने किन ठान्छन्? म बुझ्दिनँ। दुलहीको मुहार घुम्टोले छोपिएकै कारण त्यो नछोपिएको बेलाभन्दा सुन्दर हुन्छ ।" भन्छिन् मोमिला जोशी । घरका आमा‚ दिदिबहिनी र आफ्ना स्वास्नीहरुले छोटा पहिरन नलगाइदिए हुन्थ्यो भन्नेहरु  अर्धनग्नतालाई पछ्याउँदै किन रिमोट घुमाउँछौ ? यौनका भोका प्यासीहरु । प्रेम सबैलाई गर । जिन्दगी रमाइलोसँग जिउने हो भने यौन एउटासँग गर । बेइज्जतिहरु रेडलाइटमा तिम्रा आमाहरुलाई देख्न चाहँदैनौ भने रेडलाइटको माग नगर । सामाजिक सञ्जालहरुमा चोकचोकमा अनुहार हेर्दै फोटो खिचेर दिदीबहिनीहरुका पुठ्ठा र वक्षस्थल माथि कसैलाई ट्याग नगर । परिस्थितिको धैर्यतालाई मान‚ आफैंलाई इज्जत गर्न सिक‚ आफू मानवतामा रमाउ । तिमीभित्रै छ एकौटा अल्लाह‚ जिसस र शिवहरु... ।

क्रमशः....

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २