हास्यव्यंग्य लेख:
* कोही आशा लाग्दा भनिएका झुम्रेहरू सत्तामा पुगेर डकार्न थाले । ठुलो डकार आउने आफ्नै डकार सहन नसकेर मरे । मर्ने ठूला (विशिष्ट) पाप गर्नेहरू सिन्किना सहँदै स्वर्ग गए होलान् । सानातिना पाप गर्नेहरू तेलका ताता कराहीमा आलाप बिलाप गर्दै होलान् । पापै नगर्नेहरूको पाप खोजिँदै होला । धर्म खोजेर स्वर्ग पाउने सत्य युग पनि त हैन नि हो ।
* कोही आशा लाग्दा भनिएकाहरू आशालाई अंगालेको केही बर्षमै उनकी बहिनी अर्थात् साली विपाशालाई पनि अंगालेर श्रीमतीका धनी भए होलान् । त्यसमा पनि आशालाई धर्मपत्नी र विपाशालाई धनपत्नी बनाइए होलान् । त्यसैले ज्यादा आशा पनि हानिकारक पो रहेछ ।
* नेताहरू सत्तामा नपुगुञ्ज्याल आशा लाग्दै हुन्छन् । त्यसपछि हाम्रा आशा र उनीहरूको आशाबीच झगडा पर्छ । भनाभन हुन्छ, हानाहान हुन्छ । रोकारोक हुन्छ, ठोकाठोक हुन्छ । त्यस्ता घानमा सचेतहरू अचेतद्वारा ढालिन्छन् । इतिहास मेट्ने काम हुन्छ ।
* हालसालै आशालाग्दा नेता मन्त्री भएछन् । कैलाली पुगेका उनी फर्कने क्रममा १ घण्टा प्लेन ढिलो उडेछ । बाहिर हुँदा आशा लाग्दा, मन्त्री भएपछि के पो लागेछ उनलाई । विरोध पनि सरकार र व्यवस्थै हल्लिने गरी पो भएछ । सरकारकै माइकहरू त्यसो भन्थे । आफूलाई त लाग्यो, कैलालीबाट काठमाण्डौं आउने मन्त्रीले प्लेन नरोकेर टेम्पो रोक्नु त? तागत भएपछि विकास रोकिन्छ, निकास रोकिन्छ । रोक्ने तागत भए प्लेन नै रोक्ने हो, टेम्पो र बस त हामी पनि रोक्छौँ हो गाँठे ।
* जब राम साथमै थिए तब सीतालाई सुनको हरिण चाहिएको थियो । जब सीता सुनको लङ्कामा पुगिन् तब उनी रामलाई पुकारिरहेकी थिइन् ।" जे भैरहेको छ त्यसमा चित्त नबुझाउने, पाएको उपलब्धीमाथि ढुक्क नहुने, आफू केही नगर्ने, अरूले गर्देओस् भनी ठान्ने हाम्रा आशा पनि नवाफकै नातीको पाराको छ ।
* जहिल्यै पनि जनताका आशा र सरकारी आशाको घमासान झगडा पर्छ । कसैले हाम्री आशाको नाम निराशा र उनकी आशाको नाम दशा राखिदिन्छन् । निराशा लिनेहरू यसै पनि निराश कहलिन्छन् । दशा बोक्नेहरू राहत पनि त्यही बाँड्छन् ।
* पहिले पहिले पटक पटकको सन्तान मर्दै गएपछि जन्मने पछिल्ला आश मारेका सन्तानको नाम सुन्दै दिक्क लाग्दा राखिन्थे । हुर्केर तिनैले बाउआमाको पालण पोषण गरेका पनि हुन्थे ।
* यसैले जीवनमा केही गर्नुछ भने नेता, कार्यकर्ता, सत्तापक्ष, प्रतिपक्ष, मन्त्री, कर्मचारी अनी आफैँलाई पनि आशा लाग्दा अनुहारको सूचीमा राख्दै नराख्नू । कतै आशै नगरेकाले पो देशको मुहार फेर्छन् कि ! "झिनो आश गरौँ ।"

------
सुझाव:
लेख पढेर वा पढ्नै नसकी वा सहनै नसकी कसैलाई टाउको दुख्यो, वाक् वाक् लाग्यो, ज्वरो आयो भने जे पायो त्यही ओखति नखानू । तनाव लिनमा आफैँलाई प्रतिबन्ध लगाउनू । बुरूक्क उफ्रेर ज्यादा बाठो नबन्नु, कसैमाथि आश नथोपर्नू । डाक्टरकोमा जचाउँनु, बेला खराब छ ।
sampraspaudel2000@gmail.com