Sunday, June 30, 2019

समाचारकै अपरेसन-१

अनलाइन खबरमा २०७६ असार १४ गते प्रकाशित समाचारको हेडलाइन पढ्नुहोस् न । यसमा जो सुकैले पनि थाहा पाउन सक्ने खालको गल्ती रहेको छ ।
कुरो के भने करिष्मालाई पद चाहिएको हो कि पदाधिकारी ?
उनलाई पार्टीले नै पदाधिकारी  दिएपछि उनले ती पदाधिकारीहरुलाई के गर्ने होलान् ?
कहाँ लगेर राख्ने होलान् ? घरमा विनोद मानन्धर छँदैछन् । उनले के भन्दा हुन् ?
फेरि कतिवटा पदाधिकारी चाहिएको होला ?
उनले अरु पार्टीमा लाग्दाचाहिँ पदाधिकारी मिल्ला त ?
-------------------
यसैले समाचार लेख्दा त्यसको अर्थ बारे समाचारदाता र सम्पादक पनि जानकार हुनुपर्छ ।
जानकार त पक्कै होलान् तर यस समाचारले भने 'पद' चाहिएकोलाई 'पदाधिकारी' चाहिएको  बनाइदियो ।
:-D :-D :-D :-D :-D

Monday, June 24, 2019

बाहुनवाद-३

बाहुनवाद, नेवारवाद, तामाङवाद, शेर्पावाद, लिम्बुवाद, मधेशवाद, मधेशका पनि बाहुनवाद, दलितवाद...
के के वाद, केके वाद ।
कतै जिन्दावाद, कतै मूर्दावाद ।
एउटा जातिलाई गाली गर्दा अर्कोको नाक फुलेर घिरौंला वाद ।
गाली खानेको ओठमुख सुकेर सुकौरा वाद ।
वादको गन्धः
# शेर्पाहरुले सगरमाथा चढे, त्यहाँ शेर्पावादको गन्ध आउला ।
# नेवारहरुले सँस्कृति धाने, त्यहाँ नेवारवादकाे गन्ध आउला ।
# मधेशमा चेतना बढ्दै गयो, त्यहाँ पनि मधेशवादको गन्ध आउला ।
# अपाङ्ग, महिला र पिछडाहरुको पहुँच बढ्दै गयो, त्यहाँ पनि गन्ध आउला ।
अब कुनै कुरामा अब्बल जातिहरुको पछि लागेर न्वारानदेखिको बल निकाल्दै हुर्मत लिने बेला हो र यो ?

बाहुनवाद-२


Wednesday, June 19, 2019

देश र माटो सुहाउँदो गणतन्त्रको मौलिक परिभाषा



हामीले भोग्नु परेका गणतन्त्रका अपरिहार्य तत्वहरुः
----------------------------------------------------------
शान्तिपूर्ण आन्दोलनः लोकतन्त्र ।
शक्तिका आडमा आदेशः तोकतन्त्र ।
पानीको फोहरा र लाठी चार्जः ठोकतन्त्र ।
प्रधानमन्त्रीको ठट्यौली जवाफः जोकतन्त्र ।
प्रतिपक्षीको आवाजः खोकतन्त्र ।
चियागफमा राज्य हाँक्नेः चोकतन्त्र ।
ठूला होटलमा कृषि, गरिब, पिछडाको कार्यक्रमः धोकतन्त्र ।
विकासको मागः भोकतन्त्र ।
वास्तविकताः लूटतन्त्र ।

अरुलाई बदल्न सकिँदैन, आफैंलाई बदल्नु आवश्यक छ


Saturday, June 8, 2019

सरकारी लुटेरा

म पनि गाउँकै हुँ भन्दै
गाउँ छिरी मकै भुटेर खायो ।

चुनावअघि माया गर्नेले
शहर पसी लुटेर खायो ।

छोक्रा बन्दै रसादी आउँन छोडेपछि
निचोरेर नपुगी घोटेर खायो ।

जनताका जति रित्तिँदै गएपछि
सदनमा अर्कालाई कुटेर खायो ।

पसिनाको पूजा गर्छु भन्नेले
सरकारमा अरुसँग जुटेर खायो ।
२०७६ जेठ २५

 हेटौंडा-५




च्वास्स २