Thursday, September 20, 2018

पदक खोसएकोमा आपत्ति



बिस्तारै नेपालमा महिला अधिकारकर्मी र मानव अधिकारवादीहरुको संगठन बन्दै गयो ।
काठमाण्डौंबाट ठूलै महिलावादी नेतृ  आफ्नो टोलमा आउनासाथ कालो झण्डा देखाए एकजना अधबैंशे पुरुषले ।
कारण सोधिएन । पुलिसले पक्रियो र थुन्दियो । केही दिनपछि छुटेपछि पत्रकारहरु र उनीबीच भएको कुराकानी जस्ताको तस्तैः
पत्रकारः कालो झण्डा किन देखाको ।
मानिसः आजकल शान्तिपूर्ण विरोध गर्न यै झण्डा देखाउने गरिएको छ । यति पनि थाहा छैन तपाईँहरुलाई ?
पत्रकारः के कुरामा विरोध जनाउनु भएको हो ?
मानिसः महिलाहरुले गर्दा देशकै नाम बेइज्जत भैसक्यो ।
पत्रकारः किन नि ? कसरी नि ?
मानिसः पहिले पहिले नेपाल अमेरिका, जापान, स्वीजरल्याण्डभन्दा नि अगाडि थियो... आजकल कुनै पदक नै पाउन छोडिसक्यो ।
पत्रकारः (बीचैमा रोक्दै) केमा अगाडी ।
मानिसः स्वास्नी पिट्ने र्‍याङ्किङमा नि ।
पत्रकारः त्यसमा पनि रजत कास्य आदि पदक पाइन्छ त ?
मानिसः हास्य पदक त पाइन्छ नि ।

पत्रकार अवाक् । सोध्ने प्रश्न सिध्धिए ।

प्रश्नै प्रश्न

प्रश्नः राणाकालमा जातिच्यूत गरिएको व्यक्तिले हाल गणतन्त्र नेपालको न्यायिक निकायमा पूरानै जाति कायम गराई पाउँ भनी निवेदन हालेमा के हुन्छ ?
यदि ब्राह्मण क्षेत्रीलाई जातिच्यूत गराई दलित बनाइएको थियो भने उसको थर पछाडी जाति दलित ब्राह्मण लेखिनुपर्छ ।
जस्तैः नेपाली ब्राह्मण, परियार ब्राह्मण, विश्वकर्मा ब्राह्मण
----------------
प्रश्नः अन्य ब्राह्मण र यी ब्राह्मणबीच विभेद हुन्न ? सबैलाई सुहाउने थर के हो ?
उत्तरः सबैलाई एकै थर दिन सकिन्छ । त्यो हो "नेपाली" । मानिसहरुको फरक-फरक नाम हुन सक्छ त्यसका पछाडी सबैका थर नेपाली राख्न सकिन्छ ।
---------------
प्रश्नः हिन्दु धर्मशास्त्रमा ब्रह्माको मुखमा ब्राह्मण, बाहुमा क्षेत्री, तिघ्रामा वैश्य र पाउमा शुद्र बस्छन् भनिएको  छ । नेताले कुर्सी नछोडे जस्तो कत्ति टाँसिनु पर्ने ? तिनीहरुको रोटेशन हुँनु पर्दैन ?
उत्तरः
मुखमा बस्ने ब्राह्मणलाई केही समयका लागि पाउमा पठाउँने, पाउमा बस्ने शुद्रलाई मुखमा पठाउने, क्षेत्री र वैश्यलाई क्रमशः तिघ्रा र बाहुमा पठाउने कार्य गरिनुपर्दछ । यसो गर्दा वैश्यले तरुनीको तिघ्रामा मात्रै बस्न चाहने हुनाले त्यहाँ अन्य समूहलाई पनि रोलक्रममा राख्नुपर्दछ।
---------------
प्रश्नः आजकल जनजाति शोषित खस ब्राह्मण शोषक भन्ने नयाँ मान्यताको प्रस्ताव गरिएको छ । यो सही हो ?
उत्तरः कसैको थर वा जात विभेद होइन । दलित शब्द पनि जात होइन । ब्राह्मण शब्द पनि जात होइन । अब जात केही होइन । केही जात होइन । 
--------------
प्रश्नः उच्च र निच जाति किन भनियो होला ?
उत्तरः सामान्यतया ब्राह्मण क्षेत्रीले जाँडरक्सी नखाने र अन्य जातिले खाने भएर पनि ब्राह्मणलाई उच्च जात भनिएको हुनुपर्छ । कारण छ कि, रक्सी खानेहरुले आफ्ना सबै भेद खोलिदिने हुँदा उच्च जातका भनिएकाहरुले आफ्ना भेद खुल्ने डरले रक्सी खाएनन् । कालान्तरमा रक्सी अन्य जातिभन्दा बढी ब्राह्मणले नै खाने हुन थालेपछि भने खाने परम्पराका हिसाबले उचो निचो जाति हुँदो हो त ब्राह्मण नै सबैभन्दा निचो जाति बनेको हुनुपर्छ ।
-------------
प्रश्नः  आजकल जाँडरक्सी खानेमा ब्राह्मण क्षेत्री नै बढी देखिन्छन् । पहिले किन यस्तो नभएको होला ?
उत्तरः पहिले पहिले ब्राह्मणले गाउँघरमै बनेका जाँड रक्सी खाएनन् । आजकल विदेशमा बनेर आउने हुनाले कस्तो बनेको हो, कसरी बनेको हो र केले बनेको हो भन्ने पत्तो नपाउने हुनाले अब जाँडरक्सी खानेमा कुनै जात भन्ने नै हुन छोडिसक्यो । 
****************************
निश्कर्षमाः रुखपिच्छेका पात, मान्छेपिच्छेका जात, जुत्तापिच्छेका लात, चामलपिच्छेका भात हुने हुँदा जातपातमा विभेद गर्न छौडौं । सूर्ती चुरोटसँगै जातपातका विभेद छोडौं अघि बढौं ।

Friday, September 14, 2018

पालोको पैँचो

पहिले म बाआमासँग बस्दथेँ ।
मेरा बाआमा पनि मसँग बस्दथेँ ।
कतै जानुपर्दा आमासँग अनुमती माग्थेँ ।
आमा "बालाई सोधेर जा" भन्नुहुन्थ्यो ।
बालाई सोध्थेँ "जा" भन्नुहुन्थ्यो ।
जान्थेँ ।
----------
यसै पनि बालाई सोधेरै जानुछ भने आमालाई किन सोध्ने भन्ने लाग्न थाल्यो ।
अब आमालाई नसोधी बालाई मात्रै सोध्न थालेँ ।
बा "जा" भन्नुहुन्थ्यो ।
अब म हुर्किएँ ।
आखिर मैले कमाएकै बा आमाले खानु छ भने कसलाई किन सोध्नु पर्यो र ?
आफ्नै सूरले हिँड्न थालेँ ।
आमा बाले पनि सोध्नलाई कुनै हिम्मत राखेनन् "तँ कहाँ जाँदै छस् ?" भनी सोध्नलाई।
-----------
जब घर बनाउँदा लाजैले पनि बाआमाका लागि कोठा पनि बनाएँ ।
त्यही कोठामा बस्दै बा आमाले खोक्दा पनि चोर भागेका थाहा पाएँ । श्रीमती र छोरा छोरीलाई ढुक्कले घरमा छोडेर देश विदेश जान पाएको पनि त रहेछु ।
एक दिन आफ्नै मनले मलाई भन्योः "तैँले बाआमालाई जुन थप्पड लगाएको छस् । भोलीपर्सी तैँले पनि छोराछोरीबाट उही थप्पड फिर्ता पाउँछस् ।"
त्यही दिनदेखि म फेरि बाआमालाई नसोधी घरको आँगन छोड्ने गरेको छैन ।
(यस लेखलाई प्रेरणादायक लेखका रुपमा यहाँ प्रस्तुत गरिएको हो । कसैको जीवनमा मेल खाएमा धन्य ठानिनेछ ।)

श्रीमतीसँग एक घण्टा

एक जना व्यक्ति एक घण्टादेखि मोबाइलमा कुरा गर्दै थियो ।

दोश्रोले सोध्योः कोसँग कुरा गर्दै छस् ?
पहिलोः श्रीमतीसँग ।
दोश्रोः श्रीमतीसँग नि यति लामो कुरा गर्छन् त ?
पहिलोः थोडी मेरी श्रीमती हो र ? अर्काकी श्रीमतीसँग पो त ।

Tuesday, September 11, 2018

फेसबुक अपडेट


बिहा गरेको बेलुका नै एकजना युवकले फेसबुकमा यस्तो पोस्ट राखेछ ।
"सुहागरातमें घुँघट उठारहा हुँ में ।"

तिनका साथीले कमेन्ट गरे ।
"हर आधी घण्टामा अपडेट गर्दै रहनू ।"
:-P :-P :-P :-P :-P
-------------------------
फेसबुकमा बाउछोराको झगडा ।
छोराको पोष्ट "फादर्स डेमा मेरा चारैवटा पिताहरुलाई शुभकामना ।"
बुबाको कमेन्ट "तेरा चारवटा बाउ कसरी भए ? तेरा चारवटा भए मेरा कतिवटा ???"
छोराः मेरा ४ वटा, तपाईँका चाहिँ ५ वटा ।
बुबाः ४ वटा छन् ? को को हुन् त ती तेरा बाउहरु ।
छोराः
1.यस धर्तीमा जन्म दिने तपाईँः १
2. श्रृष्टीकर्ता परमपिता परमेश्वरः १
3. राष्ट्रपिताः १
4. गाइ माता भए गाइका पोइ गोरु पिताः १


बुबाः तेरा ४ अनी मेरा ५ कसरी ?
छोराः तपाईँको बिहे भएको र म अविवाहित छु अनी मेरी आमाको पितालाई तपाईँ पनि पिता भन्नुहुन्छ ।
---------------------------------
बेहुलीको फेसबुक अपडेटः

समय दिनको १२ बजेः "I've married with Pandeet Jee and 45 other."
समय बेलुकी ५ बजेः "Got married and going home with Rajesh and 35 other."
समय बेलुकी १० बजेः "Celebrating Suhagrat with Rajesh and 23 other."
समय भोलीपल्ट बिहान ७ बजेः "Feeling: shame with Rajesh and 11 other."
सात दिनपछिः "Traveling to: Goa with Rajesh and 7 other"
तीन महिनापछिः "Feeling awesome "
नौ महिनापछिः "Happy to be a mother of with Pandeet Jee and 11 other."
--------------------------------
साइँला बाले फेसबुक खोलेः
पहिलो दिनः फोटो पोस्ट गरे ।
दोश्रो दिनः लाइक गर्न जाने ।
तेश्रो दिनः नेपाली कमेन्ट खोजी खोजी पढ्न सक्ने भए ।
चौथो दिनः उनका हजुर्बा "Premnath" को श्राद्धको अपडेट यसरी गरे ।
-Feeling pregnant!

देउवाको दोषी चश्मा

देउवाजी घरमा सँधै गुनासो गर्ने । धमलाले सुइँको पाएर जनता जान्न चाहन्छन् भन्दै घरमै पुगेछन् ।
देउवा पत्नीले भन्नुभो "आज पनि गुनासो गर्नुभो । पहिले यस्ता थिएनन् । बुढेसकाल भो झनै गुनासो गर्ने ।"

धमला भन्छन् "आजकल के भएछ त उहाँलाई ?"

कुरा यस्तो रहेछः
बेलुकी पत्नीले एक गिलास दुध दिनु भएछ । देउवाजीले फालिदिनु भएछ ।
एकछिनपछि फेरि अर्को गिलास दिनु भएछ । त्यो पनि फालिदिनु भएछ ।
निदाउँनै लाग्दा एक गिलास दुध दिनु भएछ । त्यो पनि फाल्न जाँदै गर्दा..
देउवा पत्नीः किन दुध फाल्नु भएको ? अब मिठो हुन छाड्यो ?
देउवाः हैन जति पटक ल्याए पनि दुधमा झिँगा भेटियो ।
देउवा पत्नीः खै खै यता हेर्नु त । हत्तेरिका चश्मा उतार्नुस् र दुध पिउनुस् । चस्मामा झिँगा बसेको थाहा पाउनु छैन बुढा ।
#गाइजात्रा२०७५

Sunday, September 2, 2018

दर खाँदा खाँदा थर चेन्ज नहोस्

तीजमा साडी लाउने महिलालाई प्रश्नै प्रश्न

* फेसबुकमा फोटो पोष्टिँदा साडी‚ चोलो‚ घाँटी‚ कानर हातमा गरगहना देखाइसकेपछि खुट्टामा लगाको जुत्ता देखाउनु पर्दैन?
*  आफू दर खाएर मोटाउँदै जाने‚ घरमा छोराछोरी दुब्लाउँदै जाने नहोस् ।
* दर यसरी ढुक्क भएर खानोस् कि सुगर‚ प्रेसरको औषधी खान पतिले सम्झाउनु नपरोस् ।
* २ महिनाअघिदेखि दर खाने कार्यक्रममा घरबाट टाढा जाँदा जाँदा पराई मुलुकाँ पुगेर श्रीमती बेपत्ता भएको खबर एफएम र पत्रपत्रिकाले छाप्दा छाप्दा श्रीमानले अर्कै ब्या गर्दा आफ्नो पनि केही उपाय नलागेर दरले थर नबद्लियोस् नि ।
------------------
यी सामग्रीहरु केवल हास्यव्यंग्यात्मक हिसाबले लेखिएको हो । कसैको जीवनसँग मेल खाएरमा सानोतिनो ज्योतिष भएको ठानिनेछ । धन्यवाद ।

च्वास्स २