Thursday, September 20, 2018

प्रश्नै प्रश्न

प्रश्नः राणाकालमा जातिच्यूत गरिएको व्यक्तिले हाल गणतन्त्र नेपालको न्यायिक निकायमा पूरानै जाति कायम गराई पाउँ भनी निवेदन हालेमा के हुन्छ ?
यदि ब्राह्मण क्षेत्रीलाई जातिच्यूत गराई दलित बनाइएको थियो भने उसको थर पछाडी जाति दलित ब्राह्मण लेखिनुपर्छ ।
जस्तैः नेपाली ब्राह्मण, परियार ब्राह्मण, विश्वकर्मा ब्राह्मण
----------------
प्रश्नः अन्य ब्राह्मण र यी ब्राह्मणबीच विभेद हुन्न ? सबैलाई सुहाउने थर के हो ?
उत्तरः सबैलाई एकै थर दिन सकिन्छ । त्यो हो "नेपाली" । मानिसहरुको फरक-फरक नाम हुन सक्छ त्यसका पछाडी सबैका थर नेपाली राख्न सकिन्छ ।
---------------
प्रश्नः हिन्दु धर्मशास्त्रमा ब्रह्माको मुखमा ब्राह्मण, बाहुमा क्षेत्री, तिघ्रामा वैश्य र पाउमा शुद्र बस्छन् भनिएको  छ । नेताले कुर्सी नछोडे जस्तो कत्ति टाँसिनु पर्ने ? तिनीहरुको रोटेशन हुँनु पर्दैन ?
उत्तरः
मुखमा बस्ने ब्राह्मणलाई केही समयका लागि पाउमा पठाउँने, पाउमा बस्ने शुद्रलाई मुखमा पठाउने, क्षेत्री र वैश्यलाई क्रमशः तिघ्रा र बाहुमा पठाउने कार्य गरिनुपर्दछ । यसो गर्दा वैश्यले तरुनीको तिघ्रामा मात्रै बस्न चाहने हुनाले त्यहाँ अन्य समूहलाई पनि रोलक्रममा राख्नुपर्दछ।
---------------
प्रश्नः आजकल जनजाति शोषित खस ब्राह्मण शोषक भन्ने नयाँ मान्यताको प्रस्ताव गरिएको छ । यो सही हो ?
उत्तरः कसैको थर वा जात विभेद होइन । दलित शब्द पनि जात होइन । ब्राह्मण शब्द पनि जात होइन । अब जात केही होइन । केही जात होइन । 
--------------
प्रश्नः उच्च र निच जाति किन भनियो होला ?
उत्तरः सामान्यतया ब्राह्मण क्षेत्रीले जाँडरक्सी नखाने र अन्य जातिले खाने भएर पनि ब्राह्मणलाई उच्च जात भनिएको हुनुपर्छ । कारण छ कि, रक्सी खानेहरुले आफ्ना सबै भेद खोलिदिने हुँदा उच्च जातका भनिएकाहरुले आफ्ना भेद खुल्ने डरले रक्सी खाएनन् । कालान्तरमा रक्सी अन्य जातिभन्दा बढी ब्राह्मणले नै खाने हुन थालेपछि भने खाने परम्पराका हिसाबले उचो निचो जाति हुँदो हो त ब्राह्मण नै सबैभन्दा निचो जाति बनेको हुनुपर्छ ।
-------------
प्रश्नः  आजकल जाँडरक्सी खानेमा ब्राह्मण क्षेत्री नै बढी देखिन्छन् । पहिले किन यस्तो नभएको होला ?
उत्तरः पहिले पहिले ब्राह्मणले गाउँघरमै बनेका जाँड रक्सी खाएनन् । आजकल विदेशमा बनेर आउने हुनाले कस्तो बनेको हो, कसरी बनेको हो र केले बनेको हो भन्ने पत्तो नपाउने हुनाले अब जाँडरक्सी खानेमा कुनै जात भन्ने नै हुन छोडिसक्यो । 
****************************
निश्कर्षमाः रुखपिच्छेका पात, मान्छेपिच्छेका जात, जुत्तापिच्छेका लात, चामलपिच्छेका भात हुने हुँदा जातपातमा विभेद गर्न छौडौं । सूर्ती चुरोटसँगै जातपातका विभेद छोडौं अघि बढौं ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २