Friday, September 14, 2018

पालोको पैँचो

पहिले म बाआमासँग बस्दथेँ ।
मेरा बाआमा पनि मसँग बस्दथेँ ।
कतै जानुपर्दा आमासँग अनुमती माग्थेँ ।
आमा "बालाई सोधेर जा" भन्नुहुन्थ्यो ।
बालाई सोध्थेँ "जा" भन्नुहुन्थ्यो ।
जान्थेँ ।
----------
यसै पनि बालाई सोधेरै जानुछ भने आमालाई किन सोध्ने भन्ने लाग्न थाल्यो ।
अब आमालाई नसोधी बालाई मात्रै सोध्न थालेँ ।
बा "जा" भन्नुहुन्थ्यो ।
अब म हुर्किएँ ।
आखिर मैले कमाएकै बा आमाले खानु छ भने कसलाई किन सोध्नु पर्यो र ?
आफ्नै सूरले हिँड्न थालेँ ।
आमा बाले पनि सोध्नलाई कुनै हिम्मत राखेनन् "तँ कहाँ जाँदै छस् ?" भनी सोध्नलाई।
-----------
जब घर बनाउँदा लाजैले पनि बाआमाका लागि कोठा पनि बनाएँ ।
त्यही कोठामा बस्दै बा आमाले खोक्दा पनि चोर भागेका थाहा पाएँ । श्रीमती र छोरा छोरीलाई ढुक्कले घरमा छोडेर देश विदेश जान पाएको पनि त रहेछु ।
एक दिन आफ्नै मनले मलाई भन्योः "तैँले बाआमालाई जुन थप्पड लगाएको छस् । भोलीपर्सी तैँले पनि छोराछोरीबाट उही थप्पड फिर्ता पाउँछस् ।"
त्यही दिनदेखि म फेरि बाआमालाई नसोधी घरको आँगन छोड्ने गरेको छैन ।
(यस लेखलाई प्रेरणादायक लेखका रुपमा यहाँ प्रस्तुत गरिएको हो । कसैको जीवनमा मेल खाएमा धन्य ठानिनेछ ।)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २