Wednesday, March 12, 2014

लोडसेडिङ


       १.
हिपहिप हुर्रे
टोलका बालबच्चा
हल्ला गर्छन्
खासखुस खासखुस
नवजोडी जाडोका
सल्लाह गर्छन् ।

धर्मभिरुहरु
हे शिव र अल्लाह गर्छन्
नवयौवनाहरु
सन्निहरुका नाउँमा
मोबाइलमै गिल्ला गर्छन् ।

               २.
आयो महोदय आयो
घरैघरमै आयो ।

भो अब
मैनबत्ती फुक्नुस्
बाटो ढुक्नुस्
आयो
पञ्चे बाजा बजाएर
अँधेरो सत्ता लडाएर
घरबुढीलाई
चटारो बढाएर
निदाउने भुरोलाई
थाङ्नाथुङ्नी
पतारो बनाएर ।

    ३.
महिलास्वरः
     थुइक्क! नामर्द
     यतिखेर आउँछस् धोकेर
 (काँपेको) पुरुषस्वरः
      लड्दै लड्दै ठाउँ ठाउँ ठोकिएर
      धन्न आएँ दुनियाँका आँखाबाट जोगिएर

     ४.
तेरा नाममा....!
पियक्कड ट्वाँकेहरुका बहाना गर्छन्
छिल्लिएकाहरु मोबाइलमा नानाभाँति भर्छन्
अँधेरीमा चल्ने व्यवसाय तैं फस्टाउँछस्
खुल्ला दिसामुक्त बुद्धिमा ठाउँठाउँ बिस्टाउँछस् ।

छि छि दुरदुर बिन्ती भाग् भन्दै पर्दै पाउँमै लम्पतार
तेरो महिमा अपरम्पार घुम्दछ जसमा सब संसार ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २