समाचार

जनप्रिय मावि हेटौंडामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न


सुनिल गौतम

जिल्लाकै पहिलो नमूना विद्यालय जनप्रिय मावि हेटौंडा १६ मा हेटौंडा उपमहानगरपालिका स्तरिय पूर्वी क्षेत्रका विद्यायहरुको हाजिरीजवाफ प्रतियोगिता आज सम्पन्न भएको छ । 



सोमबार शिक्षा विकास महाशाखा हेटौंडाका शिक्षा अधिकृत रामचन्द्र खड्काको प्रमूख आतिथ्यता तथा जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्यालको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

उपमहानगरपालिकाभर ५ विद्यालयहरुमा केन्द्र निर्धारण गरी एकैदिन सम्पन्न भएको कार्यक्रममा जनप्रिय माध्यमिक विद्यालयका तर्फबाट शिक्षक रविन श्रेष्ठले संयोजकत्व गर्नुभएको थियो ।  

जनप्रिय मावि केन्द्र रही पूर्वी क्षेत्रबाट सहभागी भएका १२ वटा विद्यालयमध्ये प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यालयहरु क्रमश: लक्ष्मी आधारभूत विद्यालय, बंशगोपाल मावि र बालबोध मावि रहेका थिए ।  

कार्यक्रममा शिक्षा विकास महाशाखाका राजमणी शर्मा अधिकारी, हाजिरीजवाफ प्रतियोगिता संयोजक होम बहादुर नेपालीको उपस्थिती रहेको थियो । शिक्षक सुनिल गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा संयोजन टोलीका ३ सदस्यहरुले निर्णायकको समेत भूमिका निर्वाह गर्नुभएको थियो । जसमा आयोजक विद्यालयका तर्फबाट शिक्षकहरु भुपेन्द्र चौलागाई, संप्रस पौडेल र अभिषेक बास्तोला लगायतको कार्यक्रम व्यवस्थापनमा सहयोग रहेको थियो भने सबै सहभागी विद्यार्थीका नेतृत्वमा शिक्षकहरूको प्रतिनिधित्व समेत रहेको थियो ।


No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

छोरीलाई चिठी: यो देश बस्न लायक भएन ।

प्रिय छोरी दुखको कुरा सुनाऔँ भनेर नि ! ४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो । नगरपालिकामा आ...