Thursday, October 24, 2013

उम्मेदवारलाई चिठी



उम्मेदवारज्यू‚ नमस्कार ।

ज्यानलाई आराम छ । सद्दे भए भोट हाल्न पनि आउँला । पहिलेको संविधान सभा पनि गर्भमै तुहियो । त्यससँगै तपाईँ‚ तपाईँका टाउकेहरु‚ तपाईँका पार्टिहरु सबै तुहिए । फेरि पनि मंसिर ४ गते तामझामपूर्ण रुपले त्यसको गर्भदान हुँदैछ । यसर्थ यस पटक तपाईँका उपलब्धी देखिउन् र गर्भमै नतुहियोस् भनी तपाईँले चुनाउ जितेर सभासद बनिहाले के के गर्ने र के के नगर्ने भनी सुझाव दिन मन लागेको छ ।
शिक्षित‚ विद्वान‚ बुद्धिमान‚ कुटनीतिक ज्ञाता तथा राजनीतिक बुझाई धेरै भएमा यहाँले नै बाँकी सोच विचारहरु भर्नुहोस् । मेरा सुझाव भने यस्ता छन्ः
- जनताले ठूलो आश गरी दिएका मत खेर नजाओस् । त्यसको सम्मान गर्न सिक्नोस् ।
- संविधान सभा हलमा लगाएको कपडा च्यातेर आफ्नै बेइज्जत नगर्नोस् ।
- सभासद र मन्त्री भएपछि अस्पतालमा जाँड धोकेर नधम्क्याउनोस् ।
- सभासद भनेको बुढेसकालमा पेन्सन दिने जागिर हो भन्ने कुरो भूलेर आउँदो स्थानीय चुनाउमा समेत जित्नका लागि जनताको मन जित्ने कार्य गर्नुहोस् ।
- छोराछोरीले खुलेआम बन्दुक बोक्न नपाउन् ।
- स्कूलस्तरीय जाबो बाह्र कक्षा पनि पास नभएको भए पहिले भर्ना गर्नोस् । रजिष्ट्रेशन भर्ने बेला छसमय नचुकाउनोस् । अनपढअशिक्षित र ल्याप्चे सभासद भएर राज्यकोषको ढुकुटी र महत्वूर्ण ऐतिहासिक समय बर्बाद नगर्नोस् ।
- विदेशी शक्तीका अगाडि आफ्नो सार्वभौमसत्ताको धज्जी नउडाउनोस् ।
- आन्द्रामा दाग देखिँदा लाखौं खर्चेर विदेशमा उपचार नगराई स्वदेशका डाक्टरको हौसला बढाउनोस् ।
- भोक र प्यास लाग्दा ८०% कृषि पेशा अंगाल्ने स्वदेशीले उत्पादन गरेका खाद्य र पेय पदार्थ खाने पिउने गर्नुहोस् ।
- नेपालको जनसंख्याको विशेषता भनेकै युवाहरुको बाहुल्यता रहेकोले तिनलाई एमआरपि भिडाएर विदेशिन बाध्य पारी वा झाराप्रथा कायम राख्दै झण्डे कार्यकर्ता बनाएर आफ्नै मात्र भुँडी भर्नभन्दा तिनलाई देशमै उचित रोजगारीका लागि कुनै भिजन ल्याउनोस् । याद गर्नोस् १ वर्षमा १० हजारलाई रोजगारी दिँदा पनि राष्ट्रिय जनगणना अनुसारको वैदेशिक रोजगारका युवालाई देशमै काम लगाउन २०० वर्ष लाग्नेछ ।
- व्यक्तिगत सवारी साधनमा लाग्ने कर ह्वात्तै घटाएर कार बाइक चढ्ने र नचढ्नेबीचको खाडल कम गर्नोस् ।
- मोबाइल‚ ल्यापटप‚ इन्टरनेट बेस्ड प्रोग्रामहरु‚ इन्टरनेटमा हुने सामानको खरिदबिक्री‚ इ-लर्निङ जस्ता प्रविधी सस्तो र भरपर्दो बनाउँने नीति ल्याउनोस् ।
- नजानेको विषयमा तात्तो न छारोको गफ नहाँक्नोस् । याद गर्नोस् आइन्सटाइनका ड्राइभरले पनि उनका सापेक्षवादको सिद्धान्त बारे फर्माउन सक्दथे । यसर्थ जनतालाई बौद्धिक‚ वैज्ञानिक र प्राविधिक शिक्षा दिनमा सघाउ पुर्‍याउनोस् ।
- विदेश पढ्न जाने र उतै अलमलिने युवालाई लक्षित गरी देशमै अन्तर्राष्ट्रियस्तरको शैक्षिक सँस्थाको व्यवस्था गर्नमा पहल गर्नोस् ।
- राजनैतिक भाषणको हुट्टी हाँक्नुभन्दा त्यो समय विद्यालयमा ज्ञानबर्द्धक जानकारी बारे भाईबहिनीलाई पढाउनोस् ।
- चियापानको नाममा लाखौं खर्चिनुभन्दा गाउँगाउँबाट लोकल गाईभैँसीको दुख खरिद गरेर किसानलाई प्रोत्साहन गर्नोस् ।
- शिक्षक तथा निजामती कर्मचारीको एउटा राष्ट्रिय युनियन बाहेक दलपिच्छेका झण्डावाल युनियन खारेज गर्नोस् ।
- आएको कमिशनचन्दाहुण्डीचुक्लीदान दातव्य उपहार इत्यादीलाई हाइड्रोपावरमा लगानी गरी गाउँलाई चाहिने बिजुली त्यही उत्पादन गराउनोस् ।
- हरेक विषयमा हुने बन्दलाई सँधै बन्द गर्नका लागि उचित कदम चाल्नोस् । फ्याक्ट्री‚ कार्यालय इत्यादी बन्द गर्नेहरुबाट बन्द भएको दिनको तलब असुलेर उचित काममा सदुपयोग गर्न सिकाउनोस् ।
- लोडसेडिङ बढाउनमा मुख्य कारण मानिएका हुकिङ तथा फ्याक्ट्रीठूला घरघरानासम्बद्ध कर्मचारीबर्षौंदेखि बक्यौता बाँकी राख्ने सरकारी कार्यालयलाई अनिवार्य शुल्क तिराउनोस् । जसले गर्दा जनताले अझै सस्तोमा "बत्ती बाल्नमोबाइल चार्ज गर्न र टिभी हेर्न" पाउन् ।
- वृद्धवृद्धाको संरक्षण र उचित स्याहारका लागि शहर शहरमा संरक्षण तथा स्याहार केन्द्रको व्यवस्था गर्नोस् ।
- मानसिक रोगविछिप्तता भएका तथा बेवारिसे बालबालिका लगायतका सडकलाई ओछ्यान र सिरानी बनाउँनेहरुको बन्दोबस्तको ग्यारेन्टी गर्नोस् ।
- जनचाहना बमोजिमसमय सुहाउँदोलोकमा पाच्य हुने खालको वैज्ञानिक संविधान बनाउँनोस् ।
- कुनै विशेष जात र धर्मलाई मात्रै बढावा दिने खालको विभेदकारी कानूनको अन्त्य गर्नोस् ।
- कुटनैतिक पासपोर्ट नबेच्नोस् । तपाईँलाई नाफा खाँदै पचासौंलाई बेच्नका लागि राज्यले दिएको घरघडेरी यो होइन ।
- शिक्षास्वास्थ्यविद्युतआन्तरिक पर्यटनसरकारी सूचना लगायत सञ्चार इत्यादीमा जनताको पहुँच सहज बनाउँनोस् ।
- फेरि पनि संविधान बनाउँन नसके खाएको सम्पूर्ण तलब भत्ता र सुविधाको साँवा ब्याज राज्यकोषमा दाखिला गराउनोस् ।
- सभासद हुन लागेका यस्ता विद्वान व्यक्तीले आफ्नै बुद्धि लगाउनोस् । जनताले राजनीति र 
तपाईँका भाषणको तात्पर्य बुझेका छन् । यसर्थ जन भलो त सर्व भलोको नीति अंगाल्नोस् ।
- कुटनीतिक मान मर्यादामा रहनोस् । विदेशी नियोगको पाले आउँदा पनि सभासद र मन्त्री‚ भूपु प्र.म. इत्यादी भएर लर्को लाएर विदेशी घोडाको नाकको पोरा नफुलाउनोस् ।
- राष्ट्रिय गान‚ राष्ट्रिय पोशाक‚ राष्ट्रिय हतियार‚ राष्ट्रिय खेल इत्यादी चिन्हको परिचय स्पष्ट गर्नोस् र तिनलाई लागू गर्नोस् ।
- दिनमा एक पटक निश्चित समयमा शहरका मूख्य चोकमा राष्ट्रिय गान बजाउने थिती बसाल्नोस् र त्यसप्रति पैदलयात्रीलाई सम्मान गर्न सिकाउनोस् ।
- स्वेदशी उत्पादनका कपडा‚ जुत्ता चप्पल‚ सवारी‚ खाद्यको प्रयोग गरी तिनलाई प्रोत्साहन गर्नोस् ।
- स्वेदशी उत्पादनहरु विदेश निर्यात गरी मुद्रा भित्र्याउन उचित भूमिका निभाउनोस् ।
- जोखिमपूर्ण क्षेत्रमा कार्यरत मजदुरहरुको राष्ट्रिय बिमा गराउनोस् ।
- गरिबीको मापदण्ड छुट्याई आर्थिक हिसाबले कमजोर हुनेका आर्थिक उन्नती ल्याउने नीति ल्याई कार्यान्वयन गराउनोस् ।
- विदेशी बैंकमा जम्मा गरेका रकमहरु स्वदेशी बैंकमा जम्मा गर्न र स्वदेशमा लगानी गर्न सम्पूर्णमा उर्दी गरी त्यसलाई नियमित र नियन्त्रित गर्नोस् ।
- व्यक्तिले गरेका फौजदारी अभियोग लगायतका सम्पूर्ण जानकारी अन्तर्राष्ट्रिय विमानस्थलमा थाहा पाउने प्रविधिको विकास गर्नोस् ।
- वन्यजन्तुको संरक्षण र तिनीहरुबाट प्रभावित मानवहरु बारे ठोस नीति ल्याउनोस् ।
- यस्ता शिक्षितबुद्धिमानतार्किककुटनीतिकविविध विषयका ज्ञाता तपाईँ आफ्नो कर्तव्यसँग सँधै नजिक हुनुहोस् । जनता भोट हाल्ने मेसिन होइनन् यिनले चाहे तुना फुकाले जस्तो फुकालेर तपाईँको कर्तुत नंग्याउँन सक्छन् भन्ने कुरो सँधै मनन गर्नोस् ।
- गरिब देशका धनी नेता हुने इच्छाबाट मुक्त हुनोस् । अकूत धन कमाउनेहरुका सगोलका श्रीमान‚ श्रीमती‚ छोराछोरी सबैका नाउँका चल अचल सम्पूर्ण सम्पत्ती राष्ट्रियकरण गर्नोस् ।
- मैले चाहे जे पनि गर्न सक्छु भन्ने भावनालाई सकारात्मक कार्यमा लगाउनोस् । पछिल्लो चुनाव जित्न चुल्ठे मुन्द्रे डन लगायत व्यापारी वर्गको कमिशनमा नलागी जनताको काममा ध्यान दिनोस् ।
- शक्ति र सत्ता तथा राज्यको सञ्चालन र संवर्द्धन गर्छु भन्नेले यती छुसी काम पनि गर्न नसके उम्मेदवारी आजै फिर्ता लिनोस् र असक्षम व्यक्ती संविधान सभाभित्र हुल्नबाट पन्छिनोस् ।
- संविधान बनाउनस्थानीय चुनाउ गराउनदेश विकास गराउनजनताको मन जित्न सफल रहनोस् । राज्यले तपाईँको जयजकार गाओस् । यतिको क्षमता छ भने चुनाउ लड्नोस् । नभए आफ्नो योग्यता पुर्‍याउनोस् । यहाँलाई शुभकामना । 
(आजसम्म त हाम्रा उम्मेदवारहरुले यी बुँदाहरु हेर्ने नै छन् । चुनाउ जितेपछि यस बमोजिम काम होला नहोला तपाईँकै मर्जी । स्मरण रहोस् । यो चिठी विभिन्न पार्टिका उम्मेदवारहरुलाई पठाइएको छ ।) www.facebook.com/nepali.sampraspaudel

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २