Monday, January 6, 2020

हाम्रा टाउको के टाउको, ८ करोड डलरको टाउको पो टाउको

८ करोड डलरको टाउको:
सुलेमानीको शव इरान ल्याउँदा एक समर्थकले इरानको जनसंख्या ८ करोड रहेकोले ८ करोड डलर पुरस्कार ट्रम्पको टाउको ल्याउनेलाई दिनुपर्ने र यसका लागि अपिल गरेका कुरा‌ वास्तविक हुन् ।
 बाँकी सबै भ्रम हुन् । 
यसैले हुटहुटीमा लागेर ८ करोड डलर कमाउने खराब नियत नराख्नुहोला । 
अमेरिकाले चाह्यो भने हाम्रो घरगोठ, भकारी, बुइँगल, घ्याम्पो अनि चर्पीसम्म पहुँच राख्न सक्छ ।
तपाईँ पत्याउनुहुन्न भने एउटा प्रमाण यहाँ छ, भर्खरै तिलिचोभन्दा अग्लो स्थानको ताल कजिनसरा ताल गुगलबाटै पत्ता लागेको हो नि ।
----
अर्को कुरा,
हामीबाट विदेशीहरूले धेरै सिक्नपर्ने छ, दुई प्रमाण हेर्नुहोस्,
१. देवकोटाले उडी छुनु चन्द्र भनेको ८ वर्षपछि आर्म्सट्रङ चन्द्रमा पुगे ।
२. प्रचण्ड र देउवाले टाउकोको मूल्य तोकेको १६ वर्षपछि इरानी नागरिकले टाउकोको मूल्य तोके ।
----
हामी केमा कम छौँ र ?
अनी के हाम्रो टाउको कम मूल्यको रहेछ त ?

2 comments:

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २