मेरो पाटो (पूराना लेख संग्रह जस्ताको तस्तै)


मेरा लेखहरु इन्टरनेटका विविध वेबसाइट‚ मकवानपुरका दैनिक तथा साप्ताहिक पत्रिकाहरुमा पढ्न सकिनेछ । लेख लेख्नका लागि सदैव प्रेरित गर्नुहुने पुनरावेदन अदालत हेटौंडाका रजिष्ट्रार श्री देवेन्द्र पौडेल लगायत कर्मचारीहरु‚ सिद्धार्थ उच्च मा.वि. हेटौंडाका साथीहरु‚ संमृद्ध समाज दैनिकका पूर्व सम्पादक भानुभक्त आचार्य‚ हालका सम्पादक सुरेश श्रेष्ठ‚ पत्रकार रामकुमार एलन दाइ‚ पत्रकार शिवकुमार काशीजी‚ व्यंग्य श्रष्टा जनकमान डंगोल लगायत समयचित्रण साप्ताहिकका केशव भाइ‚ शिव वियोगी‚ उनका टीम‚ ब्लग रिडर‚ कमेन्ट गर्ने नगर्ने सबै‚ पत्रिकाका सुभेच्छुक पाठक तथा बाटोमा हिँड्दा मलाई हेर्दै लेखको चर्चा गर्दै हाँस्ने मैले थाहा पाएका र चिने नचिनेका सबैलाई लेख्न प्रेरित गर्नुभएकोमा धेरै धेरै आभार ।
ढाका टोपी
रोएर फकाइएको आँखा जस्तो
धोएर सुकाइएको लुगा जस्तो
स्त्री नगरिएको मुजा परेका
अझ भनौं मिल्काउन नसकिएका
थोत्रै भएर धुजा परेका मेरो ढाका टोपी
आज एक्लै मसानघाटमा
अन्तिम सँस्कार गरिदिने
'किरियापुत्री चाहिएको' विज्ञापन गरिरहेछ ।

नेपाल जेलभित्र
यी सबै गन्हाएका मोजाहरु हुन्
गन्हाइए पनि धुँदै लाउँदै लाउँदै धुँदै
यी भारतबाट हुत्याइएका
यी चाइनाबाट लत्याइएका
उतापट्टी विशिष्ट पाहुना बस्ने कक्षमा
बेलायतबाट मुन्ट्याइएका
माथिपट्टी महामहिमहरुको भेलामा
सबै धकेलिएका र गलहत्याइएकाहरु
यी सबैले पालैपालो चलाइरहेका
मेरो देशको सरकार ।
उसको नीति र नियममा
चलिरहेको चिडियाघरको अढाइ करोड प्राणी
आफ्नो अधिकार र विकासको कुरा गर्दै
वल्लो र पल्लो गुफा चहार्दा
चल्न नसक्ने गरी दाम्लोले जेलिएको
नेल र ठिंगुरो ठेलिएको
भन्नलाई सरकारको नागरिकता पाएको
मेरो सात पुस्ता जस्तै मर्दै बाँच्दै गरेको
म एक नेपाली नेपाल जेलभित्र ।

कलमभन्दा तरबारै ठूलो
कलमको जीत हुने वक्तृत्व गाउँदा गाउँदै
तरबारको भीडमा उभेर तरबारै भई
मैले तँलाई छिनालेँ भने
मेरो देशको संविधान
तँ आँखा चिम्लेर बस्
तैले नेताको गल्ती
कर्मचारीको भ्रष्टाचार
चाकरी र चाप्लुसी सहन सकिस् भने
मेरो तरबारको कथाको मौन पात्र बनेर
बस्दा तेरो पुस्ताले धन्यवाद भन्दा हुन्
नपत्याए पृथ्वीनारायण र भीमसेनलाई सोध्
अझ बलभद्र र अमरसिंहसंग बुझ्
नपुगे जंगबहादुर र लखनथापासंग सिक्
तरबार ठूलो कि कलम ?
म बम्बैमा बेचिएका चेली
अफगानिस्तानमा हेलिएकी चेली
इराकमा मरिरहेका दाजुभाइहरु
भारतमा जुत्ता खाइरहेका साथीहरुको पक्षमा
कलमको बिट मार्दै
तरबारको वक्तृत्व गाउँन चाहन्छु ।
तैले देखेकै हो
नेताको ओठे भाषणले देश चल्दोरहेछ
कलमको कोठे रासनले साहित्य बन्दोरहेछ
तरबारको करामत खै नेताले भन्दै भनेन
तरबारको कविता खै कलमले लेख्दै लेखेन
म उही तरबार लिएर अपराधीहरुको अस्तित्व मेटाउन
लागिरहेछु लागिरहेछु
खबरदार ! कोही पिछा गर्ने होइन
म तरबार भैसकेको छु ।
(तीन कविताहरु मितिः २०६९ मङ्सिर १९ गते‚ २०६९)

                            बोर्डिङ स्कूल प्राइभेट लिमिटेड
                                                                –संप्रस पौडेल दिवस
जग हाल्ने पैसो स्वास्नीमार्फत् ससुरालीतिरबाट ल्याएपछि सिमेण्टको लिपपोत गर्दै ब्लक लगाई कुखुरा खोर बनाइयो । कहिले बर्डफ्लु, कहिले टुलुटुलु हेर्दाहेर्दै पाँच लट कुखुराले सिल्टिम्मुर खाएपछि साहुको ऋणभन्दा ब्याजै तिर्न पनि हम्मे हम्मे भै मामा र काकाको शरण लिनुप¥यो । नातामा मामा, काका, भिनाजु, ज्वाइँ, र छिमेकीदेखि परारै गोरु किन्नेसम्म र साथीसंगीदेखि हाकिम, कर्मचारीसम्म, पिउनेदेखि पिलाउने सम्मबाट ऋण लिएर कुखुरा राखेपछि कुखुराले भुत्ला उडाउनु र जिन्दगीभर नाकमा सुली गन्हाउनु बाहेक कुखुरा राखेदेखि नै पैसो देख्न पाएको होइन । नेपाल बोर्डबाट एसएलसी, उच्चमावि शिक्षा परिषदबाट आइए र राजा त्रिभुवनकै पालाको व्यवस्थापन र नीतिमा चलेको त्रिभुवन युनिभर्सिटीबाट जसोतसो डिप्लोमाको सर्टिफिकेट लिएर पनि अण्डा नपार्ने, शुली पाउने कुखुरा पालेर बस्नु पढाइकै बेइज्जत भएको भन्दै गाउँलेहरुले धिक्कारे । अनि कुखुराका चल्लाभन्दा मानिसका चल्ला राखेर उत्पादन र आर्थिक आम्दानी गरुँ भन्ने उद्देश्यले पल्लो टोलमा जस्तै मैले पनि खोलेँ, बोर्डिङ स्कूल प्राइभेट लिमिटेड ।
कोरा पढाईलाई टेकेर गोराका भाषा सिकाउने उठेका पैसा बोरामा हाली थन्काउने उद्देश्यले बोर्डिङ खोलेर नाकको पोरा फुलाउँदै हिँड्नु कम्ताको इज्जतिलो पेशा होइन । चित्तमा कता कता पित्ततिर अड्किरहेको भावलाई पापधर्म नसम्झी बोर्डिङ खोल्ने सोच नयाँ नेपालमा धेरैले राख्लान् । फेरि एउटाले जुन पेशा गरेर उन्नती ग¥यो, त्यहि पेशा अंगाल्ने भांग्रे सँस्कृति र नक्कलको आपैंmले अक्कल गरेपछि प्रतिस्पर्धा पनि हुने नै भयो । भोली कसले देखेको छ र ? यहि सिद्धान्तमा आधारित हुँदै जे पर्ला त्यही टर्ला भन्दै खोलेको बोर्डिङ प्रा.लि. को उद्घाटन पनि सस्तै गाउँले नेताबाटै गराइयो । त्यो पनि उनका साखा सन्तानलाई सित्तैमा पढाइदिने एकबुँदे शर्त र सहमतिमा । (शर्त र सहमति नेताहरुका एकलौटी शब्द भएका छन् ।)
अब भर्ना फि, फारम शुल्क, परीक्षा शुल्क, ट्युसन र अतिरिक्त तथा रेडक्रस र खेलकूद फि समेत असूल गर्ने उपायपछि भारतमा बनेका सस्ता किताब लगाउने कुरोले मनको धुरोमा जुरो उठाएपछि म बबुरोलाई के चाहियो र ? र तत्काल मेरा नियमहरु लागू हुँदै पनि गयो । आपैंm संस्थापक, आपैंm प्रिन्सिपल, घरका कखरा खुट्याउने सदस्य जति मास्टर र कार्यालय सहायक बनाएपछि खर्चको खोलो बगाउनुभन्दा त्यसको जोहोमा कोकोहोलो नहुने नै भयो ? बाँकी अंग्रेजी र गणित शिक्षक यो बेरोजगारी मुलुकमा घरैपिच्छे दुई चार जना पाइने नै रहेछन् । टाइ, सुट, हाते झोला, मोटर साइकल, कालो चस्मा, घाँटीमा चेन, कपालमा जेल मास्टरी पोषाक, टाइ, सर्ट, पाइन्ट, टिफिन, झोला, दशोटा किताब, दशोटा कापि, पानीको बोत्तल विद्यार्थीका पोषाक अनिवार्य भएपछि भएन त मेरो प्राइभेट लिमिटेडको देखावटी रवाफ ? अझ पढाईमा भन्दा बारैपिच्छे छ थरीको पोषाकले प्रा.लि. छिर्ने जोसुकैले भन्लान्, “सयौं थुँगा पूmलका हामी...” ।
चल्ला ओसार्ने गाडी कवाडीतिर खोजियो, भनेजस्तो सस्तो नभेटिएपछि देखाउनलाई रिक्सा र ट्याम्पुमा ओसार्ने, त्यतिले पनि नपुगे प्रत्येक कर्मचारीले दुई दुई चल्ला साइकलमा ओसार्ने आन्तरिक नियम पनि लगाइयो । भर्नामा पाँचोटा हजार र टाइको दाम पाइन्टभन्दा बेसी राख्नुपर्ने नियम बनाइयो । जुत्ता, मोजा र रुमाल पनि प्रा.लि. ले तोकेकै पसलमा किन्नुपर्ने उर्दि लाइदिएपछि घरकीलाई कुर्तिको दाम पनि उब्रने रहेछ । परिचयपत्रले त महिनाभर भटभटेलाई इन्धन किन्न पनि पुग्ने रहेछ । एउटै परिक्षाले अर्को भटभटे फेर्न पुग्ने भएपछि दशैं तिहारमा को चिठ्ठा काटिरहोस् । बर्षमा चारवटा परीक्षा, परीक्षा खर्च प्रतिचल्ला (मानिसका) ५ रुपियाँ र असूल्ने सल्लाह प्रतिचल्ला रु. ५००।– पनि काइदाकै रहेछ ।
भर्ना शुल्क, मासिक शुल्क, परीक्षा (सिजन) शुल्क सबै असुलेर अभिभावकको ढाड भाँचेपछि चुँक्क बोल्ने आँटै पो कस्को हुने र ? पैसो धेरै असुलेपछि गुणस्तर पनि राम्रो हुन्छ भन्ने छाप सबै नेपालीमा भएकै हो क्यारे ।
केही चकचके टिउराहरुलाई तह लगाउन पोलिथिन पाइप, डोरीको व्यवस्था आन्तरिक र गोप्य रहने । शिक्षकको तलब तोकिए बमोजिम हुने, शुरु स्केल पन्ध्र सय । प्रतिबर्ष तीस प्रतिशत महंगी बढ्दा तीन प्रतिशत तलब बृद्धि हुने । तलब वृद्धिको कुरा उठाउने कर्मचारीलाई अयोग्य ठहर गरी निश्कासन गर्ने । विद्यालय तथा प्रिन्सिपलले तोकेको कार्यक्रममा उपस्थित नहुने शिक्षकशिक्षिकालाई जरिवाना लगाउने र जरिवाना आन्तरिक भुँडी भण्डारणमा खर्च गर्ने । संस्थापकका नियमित बैठक हुने, खर्च जति प्रा.लि. कै खातामा राखिने हुँदा व्यक्तिगत लाभहानीको हिसाबमा प्लसपोइन्ट मान्नैपर्ने रहेछ । असफल विद्यार्थीहरुका कारण अन्यत्र भर्ना गराउन खोज्ने अभिभावकसंग बार्गेनिङ (कुकुर भुकाईः अक्सफोर्ड डिक्सनरी) गर्ने र घटाघट तथा आपसी सहमतिमा आफ्नै प्रा.लि. मा स्थापित गराउने । माध्यमिक नहुञ्जेलसम्म यसै प्रा.लि. मा बालभरियाहरु (प्रा.लि. का ग्राहकहरु) रहनुपर्ने र अन्यत्र जान नपाइने उर्दि सुनाउँने । यस्ता नियमहरुले आफ्नो प्रा.लि. र आफ्नो स्तरवृद्धि तथा स्तर उन्नतिमा साधक सिद्ध हुने भएपछि को जाओस् खोरिया बेचेर कोरिया ? दुबई गएर खुबै पैसा कमाउँने सपना साँच्ने ठिटाठिटी हो, लौ खोलौं बोर्डिङ स्कूल प्राइभेट लिमिटेड ।
(केवल हाँस्यव्यंग्यको दृश्टिले रचित रचना भएको हुँदा कसैप्रति चोट पर्न गएमा त्यो संयोग मात्र हुनेछैन, वास्तविकता पनि ।) अस्तु । २०६९ असोज
www.facebook.com/nepali.sampraspaudel
Sambridhasamaj daily, hetauda,

                   लोडसेडिङ जात्रा चाहिँदैन
                                                             –संप्रस पौडेल ‘दिवस’
नेपालीहरु जात्रैजात्रा मनाएर बिग्रिए । भन्नलाई काठमाण्डौका नेवार जातिले रीति स“स्कृति धानेका छन् भने पनि दिनैपिच्छेको चाडबाड, स“स्कृति र जात्राले गरिबलाई ऋणको भारीले थिचेको थिच्यै छ । ब्राम्हण क्षेत्रीहरुले दशैं तिहारको ऋण तिर्न भ्याइसकेका छैनन् । राउटेहरुलाई सरकारले जात्रा मनाइदिनु परेको छ । अरु जातजाति पनि आफ्नै स“स्कृति र चाडबाडमा देखावटी र भड्किलो परम्पराले गर्दा ऋणको खाडलमा जाकिइरहेका छन् । यस्तैमा सबै जातजातिको लागि नया“ जात्राको शुरुवात भइसकेको छ, लोडसेडिङ जात्रा । नमनाई सुखै छैन ।
गाउ“ शहर, डा“डा“ पाखा, लेक बेशी जता बिजुली गएको छ, त्यहा“ लोडसेडिङको जात्रा मनाइएकै छ । जे होस् नेपालमा आजकल लोडसेडिङले जात्रामय भएको छ । विदेशीहरु पनि लोडसेडिङ जात्रा मनाउ“न नेपालै ताक्ने क्रममा छन् । चौबिसै घण्टा बल्ने बत्ति र तीन सय पैसठ्ठी दिनै हुने मेसिनको क्वारक्वारले दिक्क विदेशीहरु नेपालमा लोडसेडिङ मनाउ“न आउनु हाम्रो पर्यटन क्षेत्रको लागि गौरवको विषय पनि हो । भिरमा फलेको फर्सी जस्तो आज कि भोली भएको सरकारले भने लोडसेडिङ जात्रालाई चौबिस घण्टाको सट्टा बाह्र घण्टामा सीमित गर्ने योजना बुनिरहेको छ । यसमा स्वयम् विद्युत प्राधिकरणको घोर आपत्ति पनि रहेकै छ ।
बिहानै उठ्ने बेलामा बत्ति छैन, बेलुकी सुत्ने बेलामा पनि छैन । दिउ“सो काम गर्दा हुने कुरै भएन । यस्तै लोडसेडिङले गर्दा निन्द्रा नलागे पनि निदाउ“न बाध्य हुनुपर्छ । अब प्राधिकरणले पनि लोडसेडिङको बार्षिक तालिका जनतासामु ल्याउनुपर्छ भन्नेहरु बढेका छन् । हिजो प्रकाशित सेड्युल आजै नमिल्ने भएपछि प्राधिकरणप्रति लोडसेडिङ गरेको भन्दा पनि तालिकामा झुक्याएको आरोपमा धारे हात लाउनेहरु ज्यादा छन् । “लाइन पनि नदिने, तालिका नि नदिने भएपछि महिनाको असी रुप्या किन दिने ?” भन्दै गाउ“लेहरु तातेका छन् । जति ताते पनि हाकिमहरु दिउ“सै मातेका छन् ।
घोरिएर हेर्ने हो भने लोडसेडिङले फाइदाभन्दा पनि कृषि, पर्यटन, व्यापार, शिक्षा, विज्ञान, उद्योग, सञ्चार सबै क्षेत्रमा कुप्रभाव पारेको छ । देशमा भैरहेका विकासमा यसले ठूलै असर गरेको छ । नत्र नेपालमा पनि प्लेन बन्थ्यो होला, गाडी र यसका पार्टपूर्जाहरु यतै बन्थे होलान्, हेटौंडा सिमेन्ट जनताले सस्तैमा सुलभ तरिकाले पाउ“थे होलान्, हाम्रा शहरहरुमा ठूला उद्योग र लिफ्टवाला गगनचुम्बी महलहरु बन्थे होलान् । यस्तैमा एउटा गगनचुम्बी महल बारे गरिएको टिप्पणी पढौंः
नेपालमा लिफ्टको सुविधा हुने महल, सपिङ सेन्टरहरु थोरै छन् । अझ नेपालमा सयौं तलाका बिल्डिङ्गहरु त छ“दै छैनन् । सात आठ तलाका बिल्डिङ्गहरुमा भ¥याङबाटै आउजाउ हुन्छ । यदि नेपालमा लोडसेडिङ नभएको भए सयौं तलाका बिल्डिङ्ग बन्थे, त्यसमा भ¥याङबाट आउजाउ गर्दा हाम्रा बाजेबज्यैले जस्तो सातु सामलको व्यवस्था गर्नुपथ्र्यो । अर्थात् दिनरात नै भ¥याङ चढेको चढ्यैमा बित्थ्यो । कति गर्भिणीहरुले भ¥याङमै बच्चा कोरल्थे त कति माथिका निम्तालुहरु भ¥याङमै परमधाम हुन्थे । यसैले त्यस्ता बिल्डिङमा लिफ्टको व्यवस्था जरुरी हुन्थ्यो । नेपालीको बानी चाडबाड र स“स्कृति बिर्सने कुरै भएन । त्यसमाथि लोकतन्त्रको दारु पिउ“दै गणतन्त्रको ढाडमा पिसाब गर्ने आदत । लोडसेडिङ चाड मनाउ“न भए पनि कहिलेकाहीँ विद्युत प्राधिकरणमा ज्ञापनपत्र दि“दै बिजुली रोक्न लगाइन्थ्यो । (लिङ्गो ढलेर कैयौं मान्छे मर्दा पनि हामी काठमाण्डौंको जात्राहरु त्राशैत्राशमा मनाइरहेका छौं ।) यसै क्रममा लोडसेडिङ नै भयो भने त आफ्नै हात जनार्दन भनेर्भैm एघार नम्बरमा (हि“डेर) भ¥याङ चढ्नुको अर्को विकल्प पनि हुन्थेन ।
मेरालागि हा“स्यमा तातेताते थिरथिर गर्दै गर्दा विभिन्न कार्यक्रममा उपस्थिति जनाउ“नु लोडसेडिङको सही सदुपयोग हुनेछ । एक दिन गगनचुम्बी महलको पचासौं तलाको थिएटरमा हुने हा“स्य प्रहसन हेर्न जाने टिकट हात प¥यो । लोडसेडिङ्गकै कारण लिफ्ट नचलेकाले भुइ“तलामै आदरणीय आर.सी. रिजाल सर र आदरणीय हाँस्यव्यंग्यकार लक्ष्मण गाम्नागेसंग भेट भयो । बिर्सने बानी र प्रहरीको बेकारको जा“चबुझले गर्दा उहा“हरुले आफ्नो टिकट पनि मलाई नै जिम्मा लाउनुभो । उहा“हरुको पान खाने रहर मेट्न एकौटा मिठ्ठापान खुवाए“ । उहा“हरुसंग हि“ड्न पाउ“नु मेरो अहोभाग्य ठान्दै भ¥याङ चढ्दै गर्दा तीनै जनाले केही न केही कथा गुथेर बाटो कटाउने सल्लाह भयो । चालिसौं तलासम्म आर.सी. सरले “हाकिमको खप्पर” को कथा गुथ्नुभो । असीऔं तलासम्म पुग्दा गाम्नागेले “तातो न भुत्लो” को हाँस्य कविता वाचन गर्नुभो । हा“स्य विधाका चर्चित राष्ट्रिय नायकहरुका अगाडि काउकुति लगाई हँसाउनु बाहेक अर्थोकमा मेरो पित्ताम चल्ने कुरै भएन । बरु मनमा गुन्दागुन्दै पचासौं तलामा पुगेर मैले एउटा वास्तविक घटना भने“ । एक्कासी मैले भनेको वास्तविक घटनाले दुवै हा“स्यव्यंग्यकारहरु मर्माहत भएर रुन थाल्नुभो । मैले भनेको कुरो यस्तो थियो, “दुवै हाँस्य विधाका नायकहरु म तपाइहरुसंग माफी माग्दछु, कुरो के भने प्रहसन हेर्नका लागि काटिएको टिकट त पान पसलमै छुटेछ ।”
दुवै जनाले रीसले लाल लाल आँखा बनाउँदै गर्दा डरले लुगलुग काम्न लागिछु । बिहान ढिलासम्म सुतेकोमा आमाले कुचो मच्चाएपछि पो लोडसेडिङको करामत बारे वास्तविकता पत्तो भएछ । म त भन्छु “एक सय पच्चिस जातैलाई लोडसेडिङ जात्रा चाहि“दैन, देशमा नपुग्ने बिजुली विदेशमा बेच्न पाइँदैन ।” अस्तु । Sambridha Samaj Daily, Hetauda 2069-08-27


                        कलिउडको जात्रा, तिघ्राको व्यापार
                          
                                                           –संप्रस पौडेल दिवस
अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ भनेभैंm जुत्ताको माला लगाएको नेता पाडो देख्दा तर्सनु स्वभाविकै हो । प्रसङ्ग नेपाली फिल्मको, नेपाली फिल्म व्यापारको । नायक नायिकाको ग्रेड छुट्याउने कुरा चल्दा चोरको खुट्टो काट भन्दा केही चलचित्रकर्मीहरुले खुट्टा उचाले । नेपाली फिल्मलाई क्षणिक रुपमा व्यवसायिक तर दूरगामी रुपमा अश्लिलतातर्पm धकेल्ने दुई चार थान चलचित्रकर्मीहरु एडल्ट मूभी मेकर भइसकेका छन् । कहानी सुनाउने र भावनामा डुब्नेभन्दा नग्नता र अङ्ग प्रदर्शन हेर्ने खालका उत्तेजक नेपाली फिल्महरु बन्दैछन् । कुनै बेला असली फिल्म हेर्ने नेपालीहरु यतिखेर अश्लिल फिल्म हेर्दैछन् ।
दर्शकहरु कथा कहानी सुन्नभन्दा छाडा गाली सुन्न र उध्रेको चोली हेर्न फिल्महल जान्छन् । दुई विद्यार्थीलाई किन दुवै जनाको उत्तर एउटै छ भनी शिक्षकले सोध्दा प्रश्न एउटै थियो, त्यसैले उत्तर पनि एउटै भनी जवाफ पाएभैंm एउटै विदेशी फिल्मलाई आधार मानी बनाइएका दुई वटा नेपाली फिल्ममा कहिलेकाहीँ कथा, द्वन्द्व, दृश्य र संवाद उस्तै हुने गरेको छ । पहिल्यै हेरिसकिएको हलिउड, बलिउडका मुभीहरुलाई कपी गर्दै नेपाली फिल्म बन्ने आरोप खेपिरहेका समयमा अश्लिलताको हदले बजार तातेको छ ।
नेपालमा निराहार बस्दा घुस नखाने नेता र अश्लिलता नदेखाई चलचित्र बनाउने चलचित्रकर्मी पाउन मुस्किल परेको छ । नेपाली चलचित्रमा बढ्दै गएको उत्तेजक दृश्यको बारेमा सेन्सर बोर्डमाथि दवाव परे पनि सेन्सरबोर्डले कुनै आचरण र नीति नियम अगाडि नल्याएपछि दर्शक आपैंmले पालना गर्नुपर्ने मेरा सित्तैका ५ सुझावहरु यस्ता रहेका छन् ः
(क) सेन्सर बोर्डले सेन्सर गर्न नभ्याएका दृश्यहरु चलचित्रमा आउँदा दर्शकले आँखा चिम्लने ।
(ख) दश सेकेण्डभन्दा लामो चुम्बन दृश्य राख्न नपाउने । चुम्बन गर्दा जिब्रो बाहिर निकाल्न नपाइने ।
(ग) उत्तेजक दृश्य राख्दा आवाज निकाल्न पाउने कि नपाउने भन्नुहोला, त्यस्ता आवाज सुन्नु नपरोस् भनी ठूलो स्वरले चिच्याउने ।
(घ) उत्तेजक र यौन दृश्य राख्नैपरे फिल्म अवधि भरी नायक नायिकाको अनुहार प्लाष्टिक सर्जरी गरी बेग्लै बनाउने, फिल्म सकिएपछि पुन फिर्ता गर्ने ।
(ङ) अश्लिल दृश्य रहेका फिल्महरुमा “१८ वर्षभन्दा माथिका लागि मात्र” भनी उल्लेख गर्ने र नागरिकता तथा गा.वि.स.÷नगरपालिकाको सिफारिसविना त्यस्ता फिल्म हेर्न नपाइने व्यवस्था गर्ने ।
खोला नतरी गोहीलाई नजिस्काउनु भनेभैंm फिल्म नै नहेरी कसरी अश्लिलताको व्याख्या गर्नु ? त्यसैले हिजोआजका फिल्म हेर्न जानु परे छद्मभेदी भई जानुपर्ने बाध्यता पनि छ । उता भारतीय मूलकी पोर्न स्टार सन्नी लियोन बलिउडमा प्रवेश गर्दा सम्मान पाउँछिन् भने नेपाली फिल्ममा अश्लिल भिडियोको किन कुचर्चा हुने भन्नेहरु पनि छन् । नायक सौगात मल्ल लगायतले फिल्ममै मनलाग्दी शब्द बोल्ने, नायक दिनेश थापाले नायिका जिया केसीको बक्षस्थलमा समाउने लगायत अश्लिल क्रियाहरु समावेश भएपछि अश्लिलताको हद कति ? भन्ने प्रश्न उब्जिएको हो ।
नायिकालाई धेरै हदसम्म अश्लिल फिल्मकी नायिकाको झै‌ रोल दिइएकोले आजकलका नेपाली फिल्महरुले यौनवादी छलाङ्ग पार गरेको भान हुन्छ । फिल्म खेल्नेहरु यतिखेर आफ्नो जिल्ला पस्दा इज्जतको सट्टा बेइज्जती खेपिरहेका बेलामा नायक नायिकालाई मकै नाङ्गेझै‌ नाङ्गिएर जात्रा नदेखाउन सस्तो सुझाव छ ।
स्वदेशी फिल्म हेर्न छि छि भन्नुपर्ने भएकोले विदेशमा एडल्ट मुभीको बिल्ला पाउने खालका नेपाली फिल्म हेरेर दुनियाँले के सिक्ने ? यस्ता फिल्मले समाजमा यौन हिंसा, यौन दुराचार, बलात्कारको बढावा दिनेभन्दा कुनै सन्देश दिने होइन । यसर्थ यहाँ रेखा थापालाई छोटा स्कर्ट लगाएर “कलिउडको जात्रा तिघ्राको व्यापार” गरेको आरोप लगाउनेहरुले नग्न भई कामुक र छाडा फिल्म खेल्ने कलाकारलाई केको आरोप लगाउने हुन् कुन्नी ? जति धेरै सुविधा, उति धेरै द्विविधा । अस्तु ।
www.facebook.com/nepali.sampraspaudel                                            www.samakalinsahitya.com

                                  बेथितिको हुइयाँ ।
                                                                –संप्रस पौडेल “दिवस”
आज देशको रुपै फेरिएको छ । धेरै कुराको सर्टेज छ, धेरै कुरा छ्यास्छ्यास्ती छन् । हिजो जताततै तरुनीको ताँती हुन्थ्यो । आजकल ३५ बर्षे उमेरसम्म केटी नपाएर बिबाह नै अबरुद्ध भएका बुढा केटाहरु बढेका छन् । १२ हप्तासम्मको सुरक्षित गर्भपतन भनेपनि गैरकानूनी रुपमा पहिचान गर्दै छोरीको गर्भमै हत्या गरिएको छ । त्यसैले हिजो यो व्यंग्य झटारो काफी थियो ः
“हेर हेर नेपालमा के अन्याय, साहुजीका छोरी पनि बुढी कन्या” । (–आदरणीय शम्भु दाहालबाट साभार)
आज देशले धेरै कुरामा फड्को मारेको छ । त्यसैले अब केटा नपाएर बुढी कन्या हुनेभन्दा केटी नपाएर बुढोकन्या हुनेको संख्या बढ्नेवाला छ । किनकी देशको जनसंख्यामा महिलाको संख्या पुरुषकोभन्दा सैतिस लाखले कमी छ । यो क्रम बढ्दो छ ।
आजकल खानपान, रितिरिवाज, चालचलन, हेर्ने फिल्म र कपडा सबै फेरिएका छन् । त्यसैले एउटा झटारो हानुँ ः
आजै त यस्तो छ, के हुने हो भोली ?
लाउन थाले केटीहरु उध्रिएको चोली ।
यो जमानाको माग पनि हो । हाम्रा हजुरआमा, आमाहरु कपालमा चपक्क तोरीको तेल हालेर आधी थाप्लोसम्म सिन्दुर रंगाएर रातो धागोले बाट्दै हिँड्थे । आजकल सिन्दुरको सट्टा सिरुपाते लेग्मी लगाइन्छन्, त्यसैले विवाहित र अविवाहित छुट्याउने आधारनै भेटिँदैन । अनी विवाहितलाई केटाहरुले जिस्काए भनेर कसरी भन्ने ? आजकल मोर्डन हुन छोटा छोटा पहिरन, खानपानमा फरक, हिँडाईमा बिरालो चाल (क्याट वाक), कपाल रातो, पहेँलो, हरियो इत्यादि छन् । त्यसैले यसमाथि एउटा झटारो हानुँ ः
कपाल रातो हरियो छ, नहुने भो कालो, पुग्नेगरी लाउँदैनन् लाजै छोप्ने टालो ।
बुझ्नै पनि नसक्ने के हो चालो मालो, नातिनीको पाइन्ट लाउने हजुर्माको पालो ।
केटाहरुमा पनि नयाँ ट्रेण्ड छ । कपाल ड्रेडलक गर्नु, लुगा च्यातिएको लगाउनु नै आधुनिक दुनियाँको हिपहप स्टाइल । आजकल गुरुत्वाकर्षण बल पनि आकाशतिरबाट बढ्दो छ । त्यसैले जन्मदै कपाल आकाशतिर फर्किन्छन् । घाँटि हेरी हाइनेक किन्नु भन्ने उखान भैंm आफ्नो हैसियत र नैतिकता नै उधारेर च्यातिएको कपडा र बैरागी कपालमा हिँड्ने युवाको बेथितिमाथि एउटा झटारो ः
च्यातिएको पाइन्ट महंगो छ धेरै, त्यही किन्दिनु ड्याड्स भन्छ छोरा मेरै ।
नकिनेमा कच्याककुच्चुक पार्दिन्छु पो भन्छ, शहर छोडी विकट डेरा सार्दिन्छु पो भन्छ ।
नपाउनेले काँक्रो पायो चियामा चोबेर खायो भनेभैंm आजकल साथमा बाइक हुनेले पछाडी तरुनी टाँसेर “च्याप्प सँस्कृति” को विकास गरेका छन् । बाइकमा दुइजना एउटै भएर च्याप्प टाँसिने संस्कृतिमाथि एउटा झटारो ः
दश मिनेटको बाटो बाइक चढ्ने बानी, ड्राइभरसंग कस्सिएर च्याप्प टाँस्ने नानी ।
मरे गैगो जीवन, बाँचे मनोमानी, बिस्तारै हाँक् भन बेबो जाला जवानी ।
यस्तै यो शहरमा च्याउ सरह बोर्डिङ्ग स्कूल खुलेका छन् । हुन त चिनियाँ उखान “माछा समात्न नजान्नेले गंगटा समात्छ” भनेभैंm डाक्टर र इञ्जिनियर नै नभए पनि भविष्यमा बोर्डिङ्ग स्कूलका तीनहजार तलबी शिक्षक भने पक्का हुने छन् । वल्लो टोल, पल्लो टोल, चार घर माथ्लोपट्टि, तीन घर तल्लोपट्टि जताततै बोर्डिङ्ग नै बोर्डिङ्ग खुलेपछि केहीले त्यस विषयमा झटारो हान्नोस् न भनेपछि उहाँहरुको आग्रहमा एउटा झटारो ः
दुई मिनेटको बाटो गाडी चढ्नैपर्ने, एक कक्षामा पुग्न तीन साल पढ्नैपर्ने,
प्रिन्सिपलको तलब तीस हजार हुँदा, एक शिक्षकको तीनहजार तेह्र चोटी रुँदा ।
बोर्डिङ्ग स्कूलको गुणस्तर खस्कँदो छ । बर्षेनी हजारौं खर्चेर बोर्डिङ्ग पढाउँदा पनि जसोतसो फस्र्ट डिभिजन मात्र आयो भन्ने अभिभावकको आरोप छ । पढाउनेले के र कसरी पढाइदिने, शिक्षकमाथि के कस्ता सुविधा दिने, सुगा रटाईभन्दा मनोवैज्ञानिक शिक्षामा कसरी जोड दिने ? त्यसतर्फ विचार नगर्दा धेरै अभिभावक रुष्ट छन् । मेरो अर्ति मान्नुहुन्छ भने तलब कम दिँदा टाइगर माने बिरालो पढाइदिनोस् मास्टरसाब । त्यसैले राजाको काम चारैतिर बदनाम भएका बोर्डिङ्ग स्कूलमाथि अर्को झटारोः
तीन हजारको तलब स्कुटी छ उनको, पुग्दो छ तलब भन्छिन्, सोझो होला नुनको ।
छबाट पाँच घटाउँदा कति हुन्छ गन्दा, छोरा भन्छ जिरो बाबा, गोलो गोलो अण्डा ।
आजकल बजारमा हजार रुपियाँको चिठ्ठा पर्दा पाँच हजारको पार्टी दिने चलन छ । यस्तो घाटा बजेटमाथि एउटा झटारो ः
हजारको चिठ्ठा, पाँचहजारको भोज, पैmलेको छ शहरमा मनिमेनिया रोग ।
जसको छैन कमाई उसकै ठूलो धाक, देखाउँनमा रवाफ, खानलाई एक छाक ।
पैसाको सपनाले वीदेश छिर्नेहरु ह्वात्तै बढ्दैछन् । देशको मायाँ स्वदेशमा हुनेलाई भन्दा आपूmलाई मात्रै लाग्ने गरेको बताउने बिर्खेलाई आपूm मात्र वीर गोर्खाली भएको भान परेपछि ऊमाथि एक झटारो ः
शहर पसी स्याल पनि भयो कोर्काली,
देशमा पाइलै नहुने चै ज्यादा गोर्खाली ?
नेताको मति बाह्र बर्ष ढुंग्रामा हाले पनि बांगाको बांगै भनेभैंm जनताबाट यस्तो बेथितिको हुइयाँ कहिले अन्त्य हुने हो ? काउकुती लगाएर भए पनि हाँस्नोस् । अस्तु ।
 
(समय चित्रण साप्ताहिक, श्रावण)

2013 July

1 comment:

  1. multitalent bro. haaa haaa . all materials are more usable..

    ReplyDelete

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २