संप्रस पौडेलको यस ब्लगमा तपाईँहरुलाई हार्दिक स्वागत छ । कथा‚ कविता‚ गजल तथा हास्यव्यंग्यात्मक लेखरचना‚ विभिन्न फोटो‚ समाचार, लोकसेवा सामग्री तथा मनमा लागेका विभिन्न भावनाहरुलाई समेटिएको एकै झमेटमा अध्ययन गर्न सकिने यो ब्लग किताब लेख्ने जाँगर नचलेर तयार गरिएको हो । :-D कृपया ब्लग भिजिट गरेपछि कमेन्ट गर्न नबिर्सनु नि ।
Monday, August 24, 2015
बन्द र माग्ने ।
Magne Poem by : Chatyangmaster
माग्ने ।।।
....
....
माग्ने अब यस्तरी माग्ने
विश्व थर्काई माग्ने,
ऋण दान अनुदान जे पाइन्छ
त्यै माग्ने
माग्दा माग्दा; धनी हामी
दिने बन्नेछ माग्ने ।.....
विश्व थर्काई माग्ने,
ऋण दान अनुदान जे पाइन्छ
त्यै माग्ने
माग्दा माग्दा; धनी हामी
दिने बन्नेछ माग्ने ।.....
Banda ra Magne Poem by : Divas
बन्द हो बन्दले गर्छ,
बन्दले धेरै गर्यो,
इतिहासले यही भन्छ,
बन्दले नै काइतेलाई चर्चित बनायो,
सडकमा चोरेर खानेहरू सदनमा पुगे,
लुटेर खानेहरू सत्तामा पुगे,
Thursday, August 6, 2015
निन्द्रै परेन
– दिवस
उमेरले तीन दशक पूरा गर्न लागेपछि निकै
ठूलो सपना देख्ने जमर्को गरियो, अब्दुल कलामले भनेजस्ता । त्यसैले मत
मिलेकै आधारमा त कलामलाई सलाम गरियो नि । तर खै ठूलो सपना मरिगए देखिएन ।
रातभर निदाउँने प्रयास निकै गरियो ।
उत्तानो परियो, सिलिङ फ्यान झर्यो भने त पानी
भन्न पाइन्नँ भन्ने ठानेर निन्द्रै परेन । कोल्टो फेरियो, भुइँचालोले यो
भित्तो ढल्यो भने आत्था पनि भन्न नपाइएला भनेर निन्द्रा परेन । घोप्टो परुँ न त
भन्दा आफूभन्दा पहिले भुँडी अघि बढ्छ र श्वासनली ख्याप्प पार्छ । पचासको उमेर
कटेपछि कुर्सीमा बसेर निदाउँने हाकिम जस्तो कुर्सीमा क्वाँ क्वाँ घुरेर निन्द्रै
पर्दैन । गाडीमा बसुँ भने आजकल चारपटिका टायर कता छन् यात्रुले ध्यान दिनु जरुरी छ
। गाडी खसेको कुरो ड्राइभरले बाँच्यो भने मात्रै पत्तो पाउँछ । केही गरे निन्द्रा
परेन । घरमा होस् कि सहरमा, कतै जाँदा निन्द्रै परेन ।
Subscribe to:
Comments (Atom)
छोरीलाई चिठी: यो देश बस्न लायक भएन ।
प्रिय छोरी दुखको कुरा सुनाऔँ भनेर नि ! ४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो । नगरपालिकामा आ...
-
संप्रस पौडेल कात्रो भन्नाले " मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्याइदिने लासपोस भन्ने जनाउँछ । " हुन त घाट अनि क...
-
युगले नचिनेको दार्शनिक : रुपचन्द्र विष्ट बि.सं. १९९० पौष २६-२०५६ “केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग...
-
प्रिय छोरी दुखको कुरा सुनाऔँ भनेर नि ! ४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो । नगरपालिकामा आ...

