Monday, August 24, 2015

बन्द र माग्ने ।


Magne Poem by : Chatyangmaster 
माग्ने ।।।
....
माग्ने अब यस्तरी माग्ने
विश्व थर्काई माग्ने,
ऋण दान अनुदान जे पाइन्छ
त्यै माग्ने
माग्दा माग्दा; धनी हामी
दिने बन्नेछ माग्ने ।.....


Banda ra Magne Poem by : Divas
बन्द हो बन्दले गर्छ,
बन्दले धेरै गर्यो,
इतिहासले यही भन्छ,
बन्दले नै काइतेलाई चर्चित बनायो,
सडकमा चोरेर खानेहरू सदनमा पुगे,
लुटेर खानेहरू सत्तामा पुगे,

मागेर खानेहरू अझै माग्दैछन्,
कति माग्छन्, कहिल्यै नपुगेका,
तिमेर्लाई माग्ने हो,
अल्छी तिघ्रे जोगी, सिँगाने, घैँटे, ट्वाँके बेइज्जति हो,
पसल पसल माग्ने थाङ्ने हो,
यो मगाईले कहिले सदनमा पुग्ने हो?
यो मगाईले कहिले सत्तामा पुग्ने हो?
मागे राज्य पाइन्छ भन्छन्,
एकौटा माग्ने राज्य माग,
जहाँ माग्नेहरूको अखण्डता होस्,
स्वायत्त माग्ने प्रदेशको बन्दमा धरपकड भए
माग्नेहरूले माग्नेहरूलाई क्षतिपूर्ति भरून्,
सत्ता मागियोस्, भत्ता मागियोस्,
शिरको टोपी र पाउको जुत्ता मागियोस्,
हिँडडुल गर्ने खुट्टा र देखभाल गर्ने कुत्ता मागियोस्,
दिमाग मात्र माग्ने होइन अब,
महसूस गर्ने मन, सुँघ्ने नाक र सुन्ने कान मागियोस्,
सबैकुरा मागेपछि, के बाँकी भो?
माग्न बन्द नगरी एक थान संविधान मागियोस् ।
2072 Bhadra 6th 

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २