Thursday, July 28, 2016

समसामयिक (2016 July)

युरोकप २०१६ बारे समसामयिक सामान्यज्ञान प्रश्नोत्तरः

* विजेताः पोर्चुगल
* उपविजेताः फ्रान्स
* आयोजक राष्ट्रः फ्रान्स
* फाइनलमा गोल अन्तरः १-०
* सर्बाधिक गोल (गोल्डेन बुटको उपाधि): एन्टोइन ग्रिजम्यान
>>अंकसम्बन्धी विविध (स्रोतः अनलाइन खबर)
* ० – युरो २०१६ को पोर्चुगल र फ्रान्सबीचको फाइनल खेल युरोको इतिहासमा एकमात्र फाइनल हो जसमा निर्धारित ९० मिनेटको समयमा कुनै गोल भएन ।
* ४ – वेल्सका आरोन राम्से र बेल्जियमका इडेन हाजार्ड युरो २०१६ मा गोलका लागि सबैभन्दा धेरै पास उपलब्ध गराउने खेलाडी हुन् । उनीहरु दुवैले ४/४ एसिष्ट गरेका थिए ।
* ६ – एन्टोइन गि्रजम्यानले यस युरोमा समग्रमा ६ गोल गरे । उनले प्रतियोगितामा सर्बाधिक गोल गर्दै गोल्डेन बुटमात्र पाएनन् सन् १९८४ को संस्करणपछि एकै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत बने ।
* ९ – क्रिष्टियानो रोनाल्डोले वेल्सबिरुद्धको गोलसँगै युरोपियन च्याम्पियनसीपमा धेरै ९ गोल गर्ने फ्रान्सका मिचेल प्लाटिनीको कीर्तिमान बराबरी गरे । साथै उनी पोर्चुगिज जर्सीमा छुट्टाछुट्टै चार प्रतियोगितामा गोल गर्ने एक्ला खेलाडीसमेत बने ।
* १८ बर्ष ३२८ दिन – पोर्चुगिज युवा मिडफिल्डर रेनाटो सान्चेस युरोकप खेल्ने अहिलेसम्मकै कान्छा खेलाडी बने । उनले टिममेट क्रिष्टियानो रोनाल्डोको कीर्तिमान भंग गरेका हुन् । रोनाल्डोले २००४ को युरोमा १९ बर्ष १५० दिनको उमेरमा युरोमा डेब्यू गरेका थिए ।
* २१ – पुनः रोनाल्डो नै । उनले सन् २००४ यता अहिलेसम्म युरो अन्तर्गतका खेलमा २१ क्याप जिते । त्यो आफैमा कीर्तिमान हो ।
* २७ – आइसल्याण्डका गोलकिपर हान्नेस् हाल्डोरसनले प्रतियोगिताका पाँच खेलमा विपक्षीका २७ प्रहार बचाउ गरे । यो प्रति म्याच ५ बचाउभन्दा धेरै हो ।
* ३२.८ – सबैभन्दा द्रुत खेलाडीको रुपमा यस युरोमा फ्रेन्च स्ट्राइकर किंगस्ले कोमान चम्किए । उनले ३२.८ किलोमिटर प्रतिघण्टाको गतिमा दौडेको रेकर्ड भएको छ । बेल्जियमका लाइभवाइर यान्नीक कारास्कोपनि ३२.३ किलोमिटर प्रतिघण्टामा दौडेका थिए ।
* ४० बर्ष ८६ दिन – ग्याबोर किर्ले हंगेरीका गोलरक्षक हुन् । चालीस बर्षभन्दा बढि उमेरका उनी युरोकपमा अहिलेसम्मकै सबैभन्दा पाका खेलाडीको रुपमा कीर्तिमान राख्न सफल भए । पाइजामा म्यानको नामबाट चर्चित उनी प्रिक्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुँदापनि उत्कृष्ट लयमा थिए ।
* ४१ – पोर्चुगलले ठूला प्रतियोगितामा फ्रान्सलाई हराएको यो ४१ बर्षपछि पहिलो पटक हो ।
* ५६ – फ्रान्सले घरैमा भएको ठूला प्रतियोगिता अन्तर्गतको खेलमा पराजय ब्यहोरेको यो ५६ बर्षपछि पहिलो पटक हो । यसअघि सन् १९६० को युरोमा घरेलु टोली फ्रान्सले चेकोस्लोभाकियासँग २-० ले हारेको थियो ।
* ६६.६७ – यस युरोको नियमित समयमा पाएको पेनाल्टी अवसरमा दुई तिहाईमात्र गोलमा परिणत भयो । रोनाल्डो, सर्जियो रामोस, अजेक्जेदार ड्रागोभिक र मेसुट ओजिलको पेनाल्टी गोल हुन सकेको थिएन ।
* १०० – पोल्याण्डका रोवर्ट लेवाण्डोस्कीले खेल सुरु भएको केवल १०० सेकेण्डमै पोर्चुगलबिरुद्धको क्वाटरफाइनलमा गोल गरेका थिए । यो युरो इतिहासकै दोस्रो द्रुत गोल थियो । यसअघि सन् २००४ को युरोमा रुसका दिमित्री किरिचेन्कोले ग्रीसबिरुद्ध ६७ सेकेण्डमा गोल गरेका थिए ।
* १०८ – यस युरोमा भएका जम्मा गोलको सङ्ख्या १०८ हो । ५१ खेलमा २.१२ प्रतिखेलका दरले औषतमा प्रति ४४ मिनेट गोल भएको छ । यो आंकडा यसअघिको युरोको भन्दा थोरै हो । २०१२ मा २.४५ को औषतमा गोल भएको थियो ।
* ६०० – नानीले समूह चरणको पहिलो खेलमा आइसल्याण्डबिरुद्ध गरेको गोलले भलै पोर्चुगलले जित हात पार्न सकेन । तर त्यो गोल युरो इतिहासको ६ सयौं गोल थियो ।
* २४ लाख २७ हजार ३०३ – यो आंकडा युरो २०१६ को अवधिमा रंगशालामै पुगेर खेल हेर्ने समर्थकको हो । औषतमा प्रति खेल ४७ हजार ५९४ जनाका दरले समर्थ रंगशाला पुगेका थिए । यो आंकडा सन् १९८८ को युरोपछि सबैभन्दा धेरै हो । जतिबेला ८ टोलीको मात्र सहभागिता रहन्थ्यो ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २