Monday, June 25, 2018

फुटबल खेलको शुरुवात ग्रीसबाट होइन‚ नेपालबाट भएको खुलासा

ऐतिहासिक आधारहरुः
* फुटबल र बुटवल झण्डै झण्डै मिल्दाजुल्ला छन् ।
* यस्तै बाह्रखरीमा 'फ' र 'ब' एकअर्का छिमेकी हुन् ।
* 'भ' नामको वस्तु कुण्डमा झरेकोले भकुण्डो नाम रहन गएको हो ।
* पहिलेका नेवार विदेशिइर नेयमार भएका हुन् ।
* हाम्रा बाघ‚ बिराला‚ कुकुर‚ भेडाहरु पनि खेलमा सहभागी हुन्छन् । मुसाहरु फूटबल खेल्न नेपालबाटै विदेश गएका हुनुपर्छ ।
* थम सारु मगर नै विदेशिएर थोमस मुलर भएको हुनुपर्छ ।
* मेचीका लिलानल नै विदेशिएर लियोनल मेसी भएको हुनुपर्छ ।

* रोन आले दोभानचौर हुन् भने उनैको रोन आल दो भन्दाभन्दै अपभ्रम्स हुँदै नाम रोनाल्डो भएको हुनुपर्छ ।
* अरुका सल्लाह मान्ने नेपालका सोझा नेपाली काम खोज्दै विदेश जाँदा नामै सलाह रहन गयो र उतै व्यस्त भए । उनैलाई आज मोहम्मद सलाह भनी चिनिन्छ ।
* मकवानपुर हर्नामाडीका युवा खेलाडीलाई विदेशीले किनेर हर्नान्डेन नाम राखिदियो । तै पनि हामी चुप छौं ।
* तितेमाछा समाउन सिपालु तिते दाई आज ब्राजिलमा फूटबल पढाइरहेका छन् ।
यत्तिका आधार‚ कारण र प्रमाणहरु ऐनाझै‌ं छर्लङ्ग हुँदा हुँदै पनि हामी हाम्रो इतिहास मान्न किन तयार छैनौं ?? खोज्नै पर्ने भएको छ ।
रमाइलाे लाग्यो वा लागेन ? कमेन्ट गर्नुहोस् है त ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २