Monday, February 18, 2019

साथीलाई पत्र: देशाँ कुकुरको नि भाउ बढ्यो

सन्दिपजङ्ग कार्की, मेरा अनन्य मीत्र । विदेशबाट नेपाल आउँदै रहेछन् ।
यही सम्बन्धमा फेसबुकमा लेखे:
लाख कमौने म “लुट्न सके लूट कान्छा” बोलको गीत सुनेर देश फर्किँदै छु ।
-------
उनै साथीलाई मेरो जवाफ:
स्वागत छ, देशाँ धेरै चेन्ज आयो साथी, तीमध्ये दुईचारोटा उदाहरण यी हुन् :-
* देशाँ लुट बन्द भैसक्यो:
पशुपति शर्माले गीत अपलोड गर्दा चोरैचोर थिए, ती सबै गीत हटाइसकेपछि सँगै हटिसके ।
* पहिले पहिले बाटामा हिँडेको भुस्याहा कुकुरलाई अब 'वरीष्ठ कुकुरज्यू' भन्नुपर्ने भैसक्यो ।
* यमराजको शासन च्यूत गराई रावणलाई जिम्मा दिइएको छ ।
* तिमी विदेश जाँदा चोकचोकमा भुक्ने कुकुर म्याउँ गर्न थालिसके ।
* अब कुकुरलाई नभूक् भन्न पाइँदैन, नभुक्नुहोस् भन्नुपर्छ ।
* प्रहरीले पद दिएर कुकुर पालेको छ । अपराध पत्ता लाउँछन्, खेलकूद गतिविधि देखाउँछन् । ती पनि कुकुर ।
* सबै चोकचोकाँ पछाडीका खुट्टाले ख्वार्र ख्वार्र पैतृक लुतो कन्याउने लुते कुकुर के हुन्छन् र? तिनका पनि कुकुरले खाई नसकिने गरी अधिकारकर्मी जम्मा भैसके ।

यत्तिका परिवर्तन हुँदा पनि पत्तै नपाउने भद्रकाली कपाली, तिमी कस्ता नेपाली ? 

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २