Tuesday, February 19, 2019

प्रचण्डलाई ठीक पार्ने भेनेजुएलाको झाँक्री


हास्यव्यंग्य लेख
संप्रस पौडेल
प्रचण्ड परिचय
मिटिङ, भेटघाट, रिबन कटाईदेखि रुमाल लुकाईसम्मका इनडोर, आउटडोर खेलकूद सकेर घरमा पुगेका प्रचण्ड । वैद्य बाले उहिल्यै आश मारेका प्रचण्ड, मुनामदनझैं रहेकामा बाबुरामले पर्सबाट फोटो निकालेर फालेका प्रचण्ड, विप्लवले दादागिरी देखाउदै चोरी औंला ठड्याउदै थर्किएका प्रचण्ड । त्यहीमाथि माओवादको रापले पिल्सिएर पनि डढिसकेका पाप्रो बनेका प्रचण्ड ।
प्रसंग यहाबाट शुरु हुन्छ,
आजकल प्रचण्डलाई उतिसारो निद्रा लाग्दैन । त्यसो त उनलाई द्वन्द्वकाल र पछि पनि निदै्र पो कहिले लाग्यो र ?
रातको मध्य प्रहरसम्म निद्रा नपरेपछि एक गिलास पानी पिएर निदाउन पुग्छन् । सपना देख्छन्, सपनामा रेखा थापाहरु कम्मर हल्लाई हल्लाई नाचेको देख्छन् । आपूm पनि कुम मर्काई मर्काई नाच्छन् । रेखा थापा भन्छिन् सीता दिदीलाई कस्तो छ ?”, प्रचण्ड भन्छन्, “नाच नाच, हालखबर पछि भन्दै गरौंला । आपूmलाई खुब मुड आइराछ ।”.......
एकछिनमा प्रचण्ड चर्का स्वरले भत्भताउन थाल्छन् । प्रचण्ड पत्नी उठेर झक्झकाउनु हुन्छ, कान निमोठ्नुहुन्छ । धेरै समयपछि निद्रामा परेका उनी पैतालामा काउकुति लाएपछि असिनपसिन हुदै बिउझन्छन् । प्रचण्ड पत्नी सोध्नुहुन्छ, “किन नराम्रो सपना देख्नुभो ?” फूलाई चिमोट्दै उनी भन्छन्, “हैन रेखा थापालाई देखे प्रचण्ड पत्नी भन्नुहुन्छ, “फेरि नाचेर भाइरल हुन लाग्यौ कि क्या हो बुढेसकालमा, कत्ति पात्तेका हौ?” प्रचण्ड भन्नुहुन्छ, “त्यसो होइन क्या, रेखाले मलाई के भनिन् सुन्छौ ?” “के भनिन् त?” “भेना भनिन् ।” “के भन्नुपर्थ्यो?” प्रचण्ड पत्नी मुख छोप्दै हास्दै भन्नुहुन्छ, “भेनेजुएलाको विज्ञप्तीले तर्साको बुढो, भेना शब्द सुन्दा तर्सिन्छ भनेको यही हो ।
अब प्रचण्डलाई ठीक गर्ने झाँक्री खोज्न भेनेजुएला नै जानुपर्ने भो कि !
प्रचण्ड पत्नी हासिरहन्छन्, प्रचण्ड यसैमा मख्ख पर्छन् ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २