Monday, August 26, 2019

दालमें कुछ काला है ।

स्वघोषितदर्शनशाष्त्रीप्रपन्नाचार्यश्रीश्रीश्रीअतिअभिमानीगालीशिरोमणिमहाराजहरू,
"दालमें कुछ काला है !
दिदीको बुढो पदमा हुँदा
आयोग, दुतावासमा साली
गौरवमय आयोजनामा  साला है ।"
(यो लेख रवि लामिछानेको पक्षमा लेखिएको हुनाले उनलाई फुटेका आँखाले पनि देख्न नचाहनेले कष्ट नगर्नुहोला ।)
रवि लामिछाने प्रकरणमा उनलाई अन्याय हुनसक्छ भन्ने विगतका घटनाले पनि बताउँछ । यस्ता उदाहरण हजार भेटिन्छन् । आशा छ त्यस्तो नहोस् । केही उदाहरण:
* न्यायालयबाटै दोषी र निर्दोष सावित: नारायण ढकालले ८ वर्ष जेल बसेर निर्दोष सावित हुनुपरेको थियो ।
* न्यायालयमा विवादित छवि बनाएका परमानन्द झा उपराष्ट्रपति बनाइएका थिए ।
* सुनकाण्डलाई न्यायालयसँग विवाद गराएर राजनैतिक गुपचुप गरी न्यायाधीशहरूमाथि थोपरियो ।
* कतिपय मुद्दाहरू एक जीवनमा टुङ्गिदैनन् ।
* मास्क लगाउने घटेको, राजमार्गको लम्बाई, मेलम्ची खानेपानीको मितिका विषयमा सरकार झूठा तथ्याङ्क दिन्छ ।
* खाद्यान्नमा विषैविष, राज्य कानमा तेल हालेर बस्छ ।
- भारतीय तरकारीका कारण छाकैपिच्छे विष खानु परेको छ । (हाम्रै पनि जाँच गरिँदैन)
- लाशमा प्रयोग हुने रसायन भ‌एको माछा खानु परेको छ ।
- किसानले कम मूल्यमा बेचेर उपभोक्ताले कैयौँ गुणा तिर्नुपर्दा ठगीतन्त्र मौलाएको छ ।
* नेपाल वायुसेवा निगमका विमान काण्डहरु त्यसै सेलाउँछन् ।
* चितवन प्रहरी प्रमुख, मेयर, पार्टी अध्यक्षसँगको विवादलाई जोडेर हेर्दा ती कत्ती न विवादरहीत हुन् र?
-----
तथापि अन्यायमा पर्नेहरूले न्याय पाउन् । प्रहरी प्रशासनले बेवास्ताका कारण अन्यायमा परेकाहरूलाई न्याय दिलाउन लामिछाने लागेकै हुन् । विदेशमा फसेका, दूतावासले असहयोग गरेका, नेपालीबाटै लुटिएकाहरूको मन जितेकै हुन् । भ्रष्टहरूको अखडा नबनोस् भनेर प्रशासनलाई सहयोग नै गरेका हुन् ।
न्यायालयले त हुनै नसक्ने गल्ति गरेको देखिएका छन् भने यिनबाट गल्ती नै भ‌एन भन्ने लाग्दैन । गल्ती भ‌ए सच्चिने मौका सबैले पाउनुपर्छ । प्रशासनले नदेखेका कमी कमजोरीलाई सुधार्न सचेत गराउने, राज्य सञ्चालनमा सहयोगी भूमिका खेल्ने यस्ता व्यक्तीका मुखमा ठेडी कोचेर कस्तो न्याय खोजेका हौँ ?
राज्यमा न्याय मरेको छैन भन्ने आभाष आम मानिसले पाउन् । मूर्दा शान्ति पनि स्वीकार्य छैन ।
विगतमा साम्यवाद, प्रजातन्त्र, बहुदल, गणतन्त्रको कल्पना गर्दा पनि सत्तावालहरूले उछितो काढेकै हुन् । तथापि यस आन्दोलनलाई गणतन्त्र सिध्याउने खेलका रूपमा लिएर मनको बाघले किन खान्छ सत्ताधारीहरूलाई? गणतन्त्रका हिमायतीहरू एउटा मान्छेसँग किन आत्तिरहेको छ ?
उनीहरूको डकारभन्दा चितवनको हुङ्कारै जायज छ । सर्वहाराको नेतृत्व गर्ने सर्वाहारादेखि नै किन तर्सिरहेछ ?
आफ्नै उत्पादन भ‌ए पनि
दालमें कुछ काला है,
आफू सत्तामा हुँदा
ढुकुटीमा साली र साला है ।
(सुध्रिने मौका शासित र शासक दुवैले पाउनुपर्छ । घैँटामा घाम लागोस् ।)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २