Tuesday, August 27, 2019

अमेजन जङ्गलका लागि कामना

तीन सातादेखि आगलागि बढेको बढ्यैछ । दिनानुदिन विश्व समुदायको ध्यान आकर्षित हुँदैछ । व्यक्तिगत रूपमा सो आगलागि यथाशीघ्र नियन्त्रण होस् भन्ने कामना गर्दछु ।
 

हालको अवस्था:
ब्राजिली राष्ट्रपतिले अमेजन जङ्गलमा लागिरहेको आगलागी नियन्त्रणमा कठिनाई एनजिओले बजेट कटाएका कारण भ‌एको बताई राख्दा  फ्रान्सले जी ७ मार्फत् सहयोगको प्रस्तावलाई भने अस्वीकार गरेका छन् । ब्राजिली गृहमन्त्री भने 'कसैले सिकाइराख्नु पर्दैन । बरू युरोपकै आगलागीमा सहयोग गरे हुन्छ ।' जस्ता जवाफ दिइराखेका छन् । हुन त आपत् परेको बेला सयोगका नाममा भोग्नुपर्ने व्यवहार र मान्नुपर्ने शर्तका बारेमा नेपाल र नेपालीलाई अवगतै छ ।
टुक्के राष्ट्रपति:
ब्राजिली राष्ट्रपति गैरजिम्मेवार कूतर्क दिइरहेछन्:  "केही एनजिओ मलाई र मेरो सरकारलाई बदनाम एवं असफल बनाउन जंगलमा आगो लगाइरहेका छन्।"
ब्राजिलका राष्ट्रपति बोल्सेनोरोले देशको स्पेश एजेन्सीका निर्देशकलाई बर्खास्त गरेका छन्। एजेन्सीले अमेजनमा भएका आगलागीका तथ्यांक सार्वजनिक गरेको चित्त नबुझेर राष्ट्रपतिले निर्देशकलाई बर्खास्त गरेका हुन्। लाइभम्यापबाट विश्वले देखिरहेको, उनले चाहिँ नदेख्ने के रोग लागेछ । (यो अनुच्छेदचाहिँ हाम्रो पात्रोबाट लिएर थपघट गरिएको हो)
सो जङ्गलको महत्व:
विश्वकै घना जङ्गल क्षेत्र अमेजनले विश्वको कूल अक्सिजनको २०% उत्पादन गर्ने तथ्याङ्कले देखाउँछ । उत्सर्जित धुवाँले ओजोन लेयरमा खराबी आउँन सक्छ ।
सहयोगी हातहरू:
टाइटानिक, फिल्मका अभिनेता लियोनार्दोले ४ मिलियन डलर सहयोग गरेका छन् । स्मरण रहोस् नेपालमा बाघ संरक्षणमा उनको ठूलो लगानी रहेको छ । यस कार्यमा विश्वभरबाट सहयोग मिलोस् ।
वर्षाको अन्त्य हुनासाथ हाम्रा जङ्गल पनि आगलागिको चपेटामा परिरहन्छन् ।

तपाईँ हाम्रा सन्तान दरसन्तानसम्मलाई आवश्यक पर्नेवन जङ्गल सुरक्षामा नेपालले पनि ब्राजिलबाट सचेतचाहिँ पक्कै हुनुपर्छ ।
अन्तिमको फोटो मकवानपुर जिल्लाको उत्तरी भेगमा जङ्गलमा भ‌एको आगलागीको हो र ब्लगर आफैँले खिचेको हो ।
 Sampras Paudel, Makwanpur

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २