संप्रस पौडेलको यस ब्लगमा तपाईँहरुलाई हार्दिक स्वागत छ । कथा‚ कविता‚ गजल तथा हास्यव्यंग्यात्मक लेखरचना‚ विभिन्न फोटो‚ समाचार, लोकसेवा सामग्री तथा मनमा लागेका विभिन्न भावनाहरुलाई समेटिएको एकै झमेटमा अध्ययन गर्न सकिने यो ब्लग किताब लेख्ने जाँगर नचलेर तयार गरिएको हो । :-D कृपया ब्लग भिजिट गरेपछि कमेन्ट गर्न नबिर्सनु नि ।
Thursday, March 19, 2020
पूरानै चालचलन ठीक
Wednesday, March 18, 2020
पति नहुनेले छोरालाई, छोरा नहुनेले मीत छोरालाई...
Tuesday, March 17, 2020
गजुलियल डट कमबाट मेरा व्यंग्य लेखहरु
शीर्षकअनुसारको पूरा लेख पढ्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
प्रचण्डको ‘मने’ र चित्रबहादुरको ‘चाइन्जो’ ट्रान्सलेट नभएपछि…
https://www.gajureal.com/news/2020/03/16/6266.htmlको हुन् ती तीनजना ! किन खोज्दैछन् तपाईंको फोन नंबर ? चिन्नुहोस्…
https://www.gajureal.com/news/2019/01/06/3119.htmlचोक चोकका बाबा र थोक थोकका माताहरुको विगविगी…
https://www.gajureal.com/news/2018/09/23/2226.htmlSaturday, March 14, 2020
कोरोना र अन्य थुप्रै जोक
Friday, March 13, 2020
Wednesday, March 11, 2020
हास्य पदक
* गोरखा दक्षिणबाहु ब्यूताउँने हो ?
पक्कै ब्यूताउँने हो । जनहितको निर्णय गर्न लगलग काम्ने, कर उठाएर आफ्नै घर बनाउँने, जनताको ढाड भाँचेर रजाईँ गर्ने, सरकारी सम्पत्तीको दोहन गर्ने उत्कृष्ट आफैँ सेवकलाई देशबाहिर जाउ भन्दै 'राहु गोरखा दक्षिणबाहु' प्रदान गर्ने ।
* त्रीशक्तीपट्ट कसलाई दिने ?
ठूला पदमा रहेका साना पदका कर्मचारीसँग व्यभिचार गर्न बाध्य पार्ने वृध्द जवानलाई त्रीसठ्ठी पटक कोर्रा हान्नी प्रमाणपत्र दिने ।
* नेपाल यत्न कसलाई दिने ?
बा आमालाई सडकमा पु-याउने, जाँडरक्सी खाएर श्रीमती पिट्ने, छोराछोरीलाई नपढाउने, खेतबारी बाँझो राखेर सरकारलाई गाली गर्नेमध्येको एक कनिष्ठलाई जिउँदै मरेको मान्छे घोषणा गर्दै आउँदो वर्षको 'नेपाल यत्न' दिने ।
२०७६ भरतपुर
कोरोनामाथि व्यंग्य
कोरोनामाथि व्यंग्य गर्न आँट चाहिन्छ, क्षमता चाहिन्छ । मैलेचाहिँ केवल प्रयास गरेको छु । क्षमतावान व्यक्तीचाहिँ मनोज गजुरेल हुन् ।
------
कोरोना पोस्ट भाइरल हुँदै...
कोरोनासम्बन्धमा लेख्न सकिने फेसबुक पोस्टहरू निशुल्क छन् । स्रोत लेख्दै शेयर गर्नुहोस् । आतंकित मनहरूमा खुशी भर्नुहोस् ।
------
१. "करूणा, करूणा" भन्दा भन्दै कोरोना भएको अनुमान गर्न पनि सकिन्छ ।
------
२. मायालु जोडीले "फोन करो ना, करो ना" भन्दाभन्दै कोरोना नाम रहन गएको हुन सक्छ ।
------
३. उधारो नतिरी मर्छ भनेर होला Ncell ले कोरोनाबाट बच्नुहोस् भनेर म्यासेज गरिराछ ।
-------
४. जाँड खाएमा कोरोना लाग्दैन भन्ने पनि देखिएछन् । योचाहिँ जाँडरक्सी खाएकै बेला प्रतिपादित सिध्दान्त हुनुपर्छ । रक्सी प्रतिबन्धित देश, शहरका प्यासी जँड्याहरूको विचार हुन सक्छ ।
------
५. मेडिकलमा मुख लुकाएर मास्क माग्नुपर्ने भाछ । पहिले पहिले त्यसरी त अर्कैचिज माग्नुपर्थ्यो ।
-----
६. "कोरोना भित्रियो भन्नेहरू काङ्ग्रेस हुन्, सरकार ढाल्ने खेल हो ।" अब कसले यसो भन्छ, प्रधानमन्त्री बिरामी छन्, बाँस्कोटा अलप भैगए ।
-----
७. मास्क किन्नलाई घुस खुवाउनुपर्ने हो ? अख्तियार लाग्ला कि नलाग्ला ? ठूलालाई कारबाही गर्नुपर्दा निदाउँने अख्तियार जाग्ला कि नजाग्ला ।
-----
८. बर्डफ्लू, स्वाइफ्लू, डेङ्गु पचाएको नेपालीले अर्को विदेशी भाइरस नपचाउला भन्न सकिन्नँ ।
-----
९. कि खान्छ ढाँटले, कि खान्छ आँटले । हाम्रो त आँटै बलियो । आखिर डाक्टरले पनि मनस्थिति बलियो पार्नु भनेका छन् क्यारे ।
-----
१०. सुझाव: चाइनिजहरूलाई एयरपोर्टमा प्रतिबन्ध गरौँ ।
दुनियाँले बन्द गरेर एक्लै लडिरहेको चीन सरकारलाई पशुपतिनाथको निगाहा हुन दिउँ, अहिल्यै के हतार छ र ?
-----
११. लसुन खाए कोरोना चट् अरे,
यस्तै पत्रु आविष्कारले हाम्रो टोले साइन्टिस्टलाई विश्वले कहिल्यै चिनेनँ ।
------
१२. लौ न कसैले त 'टिकटक हेर्दा कोरोना लाग्छ' भन्दिनुपरो ।
धेरैका भातभान्सै बन्द भैसक्यो, भात डढेर देशभर अनिकाल हुन लाइसक्यो ।
-------
१३. चीनको सामान प्रयोग गरेर कोरोना लाग्दैन । ध्यान दिनुपर्ने कुरा भनेको व्यापारी स्वघोषित बाबाहरू यही मौकामा ध्यान, योग, फलाना चिलाना चुर्ण खाएमा कोरोना नलाग्ने चर्चा गरिराछन् । ती बाबामाताहरू पनि बेलाबेलामा अस्पताल भर्ना भई एलोपेथिक खाई पिइरहेका हुन्छन् ।
------
१४. मंगल ग्रहतिर बसाई सर्न पाए पनि हुने हो गाँठे । कोरोना सोरोना पनि आजिद होस् ।
------
१५. पुलिसले मुख सुघ्नुँ परेको छैन । कोरोना जो छ ।
१६. "कोरोना भाइरसबाट बच्न मास्क हैन पञ्जा महत्वपूर्ण ।" - डाक्टर
अब महंगिने पालो पञ्जाको ।
(कोरोनाबाट आत्तिएर हैन, सजग भएर बाँच्न सकिन्छ । हाँसौँ, रमाऔँ, रोगबारे चिन्ता हैन चिन्तन गरौँ । सबैको मंगल होस् ।)
Thursday, February 20, 2020
"जी" को नालीबेली
Monday, February 17, 2020
छोरीलाई सन्देश
Friday, January 17, 2020
बाङ्गा प्रश्न उत्तर
समसामयिक प्रश्न र त्यसका खास उत्तर:
आस्था राउतको दुर्व्यवहार भेटिने CCTV ले त्यत्रा किलो र क्विन्टलका सुनचाहिँ किन भेटेन होला ?
किनभने, "दालमें कुछ काला है, भित्र्याउने भिनाजु, लुकाउने साला है ।"
१ र २ नं. प्रदेशको नामाकरण गर्न किन नसकेको ?
प्रदेश ३ ले "बाग्मती" राख्दा बाग्मती, बागमती, वाग्मती, वागमती ईत्यादी विवाद देखेर । इकार, ईकार, उकार, ऊकार नआउने नामको खोजी हुँदैछ ।
ऋणको बोझले वडाध्यक्षले आत्महत्या गरे नि ?
वर्षेनी विदेशी ऋण थप्दै भुसुक्कै निदाउँदै गर्दा त सरकारलाई कुनै तनाव छैन । एउटा व्यक्तीले किन तनाव लिने ? बाँचौँ ।
जनता हामीलाई फेरी भोट हाल्ने ईच्छा भो भन्छन् । अब नेतृत्व फेर्नुप-यो भन्छन् नि जनता त !
कत्रा ढाँटले जितियो, अब जे गर्छौ गर जनता हो । भोटै हाल्ने मन भए कमेडी च्याम्पियनमा कमेडियनलाई भोट हाल । मासुभात हैन, उल्टै ६ रूपियाँ खर्च हुन्छ नि !
-----------------------
यी व्यंग्य हुन्, कसैलाई खुत्रुक्कै पारेमा 'ज्यानलाई खुत्रुक्कै पा-यो जेठान तिम्रै बहिनीले' गीत पाँचचोटी जप्नुहोस् । ठीक हुनेछ ।😂
२०७६ माघ ३, हेटौँडा
Monday, January 6, 2020
हाम्रा टाउको के टाउको, ८ करोड डलरको टाउको पो टाउको
Thursday, January 2, 2020
Sunday, November 10, 2019
देश बनाउने कविता
दुई दिन लाउँदैमा गन्हाउने
मोजा बनाइन्नँ
बर्षामा भिजेपछि आइँ गर्ला झै गर्ने
जुत्ता बनाइन्नँ ।
चिनले बनाओस् कि रूसले
यसले ठड्याओस् कि उसले
उद्योगधन्दा त बन्द गरेका ग-यै गर्ने हो
झुत्रे किसान र कृषि बन्दै गरेर छोड्ने हो ।
मजदूर कोही हुन्नन यहाँ,
सबै मालिकै हुने हो,
कुखुरो मरे पनि राजनीतिमा
आखिर सालिकै हुने हो ।
झरेको सुन्नासाथ सत्ताबाट
आन्दोलन मच्चाई हाल्नुपर्छ,
मरेको सुन्नासाथ आन्दोलनमा
दश लाख दिई हाल्नुपर्छ ।
घाँटी न्याँकी ढाले पनि
घुएँत्रो बनाई फाले पनि
हाम्लाई सत्ता मिलिरहोस्
सीमा मिचे पनि मिचिरहोस् ।
तपाईँले भने जस्तै मैले सोचे जस्तै
यसै उसै बनाउने हो
अर्थोक केही बनाइन्नँ
अब त देशै बनाउने हो ।
Saturday, October 19, 2019
निरन्तरतामा केका क्रमभङ्गता ?
😂😂😂
* आफ्नै सचिवालयका अनुसार महरा पनि निर्दोषै हुन् ।
* रविन्द्र अधिकारी पनि ओली काकाकै भाषणले निर्दोष हुन् ।
* विष्णु पौड्याल त विचरा नै भैहाले ।
* भूकम्पताका रामशरण महतो पनि कठै नै थिए ।
* धेरै नेताहरू लोकमान पनि त सही नै भन्थे ।
* आलम निर्दोष हुन् भन्दा देउवालाई त खादा ओढाएर सम्मान गर्नुपर्ने नि । हैन र ?
राजनीतिमा त्यही लोहोटामा विश्वास गर्छ, जुन मन्दिरदेखि चर्पीसम्म बोकिन्छ ?
(लेखको सारांश यही हो । यती लेख्नका लागि अन्य शब्दहरू थोपरथापर गरिएन ।)
Tuesday, September 17, 2019
आशै नगरेकाको आश
* कोही आशा लाग्दा भनिएकाहरू आशालाई अंगालेको केही बर्षमै उनकी बहिनी अर्थात् साली विपाशालाई पनि अंगालेर श्रीमतीका धनी भए होलान् । त्यसमा पनि आशालाई धर्मपत्नी र विपाशालाई धनपत्नी बनाइए होलान् । त्यसैले ज्यादा आशा पनि हानिकारक पो रहेछ ।
* नेताहरू सत्तामा नपुगुञ्ज्याल आशा लाग्दै हुन्छन् । त्यसपछि हाम्रा आशा र उनीहरूको आशाबीच झगडा पर्छ । भनाभन हुन्छ, हानाहान हुन्छ । रोकारोक हुन्छ, ठोकाठोक हुन्छ । त्यस्ता घानमा सचेतहरू अचेतद्वारा ढालिन्छन् । इतिहास मेट्ने काम हुन्छ ।
* हालसालै आशालाग्दा नेता मन्त्री भएछन् । कैलाली पुगेका उनी फर्कने क्रममा १ घण्टा प्लेन ढिलो उडेछ । बाहिर हुँदा आशा लाग्दा, मन्त्री भएपछि के पो लागेछ उनलाई । विरोध पनि सरकार र व्यवस्थै हल्लिने गरी पो भएछ । सरकारकै माइकहरू त्यसो भन्थे । आफूलाई त लाग्यो, कैलालीबाट काठमाण्डौं आउने मन्त्रीले प्लेन नरोकेर टेम्पो रोक्नु त? तागत भएपछि विकास रोकिन्छ, निकास रोकिन्छ । रोक्ने तागत भए प्लेन नै रोक्ने हो, टेम्पो र बस त हामी पनि रोक्छौँ हो गाँठे ।
* जब राम साथमै थिए तब सीतालाई सुनको हरिण चाहिएको थियो । जब सीता सुनको लङ्कामा पुगिन् तब उनी रामलाई पुकारिरहेकी थिइन् ।" जे भैरहेको छ त्यसमा चित्त नबुझाउने, पाएको उपलब्धीमाथि ढुक्क नहुने, आफू केही नगर्ने, अरूले गर्देओस् भनी ठान्ने हाम्रा आशा पनि नवाफकै नातीको पाराको छ ।
* जहिल्यै पनि जनताका आशा र सरकारी आशाको घमासान झगडा पर्छ । कसैले हाम्री आशाको नाम निराशा र उनकी आशाको नाम दशा राखिदिन्छन् । निराशा लिनेहरू यसै पनि निराश कहलिन्छन् । दशा बोक्नेहरू राहत पनि त्यही बाँड्छन् ।
* पहिले पहिले पटक पटकको सन्तान मर्दै गएपछि जन्मने पछिल्ला आश मारेका सन्तानको नाम सुन्दै दिक्क लाग्दा राखिन्थे । हुर्केर तिनैले बाउआमाको पालण पोषण गरेका पनि हुन्थे ।
* यसैले जीवनमा केही गर्नुछ भने नेता, कार्यकर्ता, सत्तापक्ष, प्रतिपक्ष, मन्त्री, कर्मचारी अनी आफैँलाई पनि आशा लाग्दा अनुहारको सूचीमा राख्दै नराख्नू । कतै आशै नगरेकाले पो देशको मुहार फेर्छन् कि ! "झिनो आश गरौँ ।"
तिम्ले मिस कल गर्दा, भक्कानो सङ्गालिएको खाङ्ग्रे
तिम्ले मिस कल गर्दा , भक्कानो सङ्गालिएको खाङ्ग्रे यो गीतलाई केवल प्रेमगीतका रूपमा हेर्नु पर्याप्त हुँदैन। श्रवण मुकारुङले यहाँ नेपाली स...
-
प्रिय छोरी दुखको कुरा सुनाऔँ भनेर नि ! ४ नम्बर वडा कार्यालयमा हिजै मात्र फाइल बुझाएर आएको । आज कार्यालय डढेर सबै खरानी भइगयो । नगरपालिकामा आ...
-
संप्रस पौडेल कात्रो भन्नाले " मनुस्यले होस हराएर संसार त्याग्दा अन्तिममा पहिर्याइदिने लासपोस भन्ने जनाउँछ । " हुन त घाट अनि क...
-
युगले नचिनेको दार्शनिक : रुपचन्द्र विष्ट बि.सं. १९९० पौष २६-२०५६ “केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग...
