Saturday, March 14, 2020

कोरोना र अन्य थुप्रै जोक

😜😜😜
आजकल मानबहादुर मोबाइल छुन पनि डराउने गर्छ ।
कारण:
मन्दिरदेखि शौचालयसम्म अनुमति पाएको छ यसले । संसारका सबैखालका भाइरस जति यसैमा हुनसक्छ ।
😜😜😜
मन्दिरमा कोरोना:
पण्डित बाजे: आजकाल आउँन कम भाछ त...
भक्त: कोरोनाको डर छ गुरू ।
पण्डित: नडराउनोस्, ल हात थाप्नोस् ।
(हात थाप्छ घुटुक्क पिइदिन्छ ।)
भक्त: जिब्रै बटा-यो त गुरू ।
पण्डित: पञ्चामृत होइन यो, स्यानिटाइजर पो हो ।
(भक्त अहिले खस्पतालमा छ ।)
😜😜😜
क्वारेन्टाइन
मान्छेलाई लामै समय रूघाखोकी ज्वरो आए शंकाले क्वारेन्टाइनमा राख्ने अनी सँधै घारघारघुरघुर गर्ने मोबाइललाई चैँ जता पनि छुट ?
कारण: 
मोबाइल भाइब्रेटमा थियो ।
😜😜😜
सलाद खोई ?
बिहेको पार्टीमा मान्छेहरू सलाद मगाई मगाई खाइरहेका थिए ।
भातबहादुर पनि पार्टीमै थियो ।
ऊ मान्छेहरूको दिमाग फुस्किएको भनेर दङ्ग परिरहेथ्यो ।
कारण:
सलाद जो भनियो त्यहाँ 'सलाद' भन्नेचाहिँ थिएन । काँक्रो, मूला, गाजर मात्रै थियो ।
😜😜😜
एन‌आइसी एसिया:
"एन‌आइसी एसिया, बैङ्क पनि साथी पनि" भनेर ऋण सापटी लिएको महिनैपिच्छे फोन, म्यासेज गरेर उधुम मच्चाउँछ भन्या । साथी हो कि दुस्मन ? 
😜😜😜
कोरोना नमस्कार
ट्रम्प, मोदी, जीङ पिङ सप्पै टप्परटुइयाँ हुन् । हामी नेपाली चैँ सुपर टपरटुइयाँ हौँ ।
मोदीले नेपालको संसदमा भाषण दिँदा मोदीमय भ‌एका हामीले नाकाबन्दमा नजिकको शत्रु बनायौँ । नेपालीलाई पनि अमेरिका आउँन बन्द गर्नुपर्छ भन्दा अमेरिकाको नाम मात्रै थाहा पाएका हामीमध्येले नै ट्रम्पको पुत्ला जलाउँनुपर्छ भन्यौँ । ओबोर अवसर हो भन्दै चिनियाँप्रेमी भ‌एका हामी कुन बेला उसको खुङ्खार विरोधी भैदिन्छौँ । यसैलाई वन डे डेमोक्रेसी भनिएको होला ।
अहिले कोरोनाले विश्वलाई सताउँदा ठूला विश्व नेताले गरेका नमस्कार देखेर विश्व नै नेपालमय भयो भन्ने हुइयाँमा नपरौँ । नमस्कारको रजिष्ट्रेशन हाम्रो नाममा छैन है ।
😜😜😜

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २