Friday, March 20, 2020

कूलमान दाइ यसो नगरम्

काठमाण्डौँ उपत्यकामा अन्डरग्राउण्ड बिजुलीको तयारी हुँदैछ । यसप्रति कुकुरहरूको ठूलो विरोध हुनसक्छ । 
सडक दिनानुदिन सफा हुँदैछ । वान वेले झनै समस्या छ । आकाशे पुल अर्को झण्झट बनिरहेछ । जाउन् कता जाउन् ? 
त्यही पोललाई छेक पारेर पिसाब गर्ने कुकुरहरूलाई दुख भाछ । आखिर कुकुरलाई पत्थरी भ‌एर उपचार गरेको स्वदेशी त के विदेशी समाचार पनि छैन । मृगौला बिग्रिएर सापटी, शोधभर्ना, पैँचो, उधारो वा सशुल्क निशुल्क दिने पनि कोही हुन्नन् ।
व्यथा चर्को छ नि, मान्छेलाई जस्तो सार्वजनिक शौचालय पनि नहुने... ।
मान्छेका खुट्टा, जुत्तासम्म त ठीकै हो त्यो भन्दा माथि आए को जिम्मेवार ? भो बिजुलीको तार अण्डरग्राउण्ड नगरौँ ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २