Thursday, March 26, 2020

कोभिड १९ सरसहयोग जानकारी

कोभिड १९ सरसहयोग जानकारी:
+ लक्षण के हो ?
+ जोगिने उपाय के के हुन् ?
+ जाँच तथा उपचारको पैसा लाग्छ ?
+ सबै समाचार सुन्न, पढ्न आवश्यक छ ?
+ प्रयोगशाला कहाँ कहाँ छन् ?
+ थप जानकारी कसरी लिने ?
+ हाम्रो दायित्व के के हुन् ?
---------
लक्षणहरू:
* १००.४ डिग्री सेन्टिग्रेडभन्दा बढी ज्वरो आएमा
* सुख्खा खोकी (सामान्यतया सिँगान नबग्ने)
* थकान महशुस हुने
----
जोगिने उपाय:- 
* घरमै बसी तोकिएका स्वास्थ्यका उपायहरू (हातखुट्टा, नाकमुखको सरसफाइ, मास्क प्रयोग, भीड निषेध, शारीरिक क्रियाकलाप) अपनाउँन सकिन्छ ।
* लिफ्ट चढ्दा, भ-याङ चढ्दा बारमा समाउने, खाद्यान्न स्टोरहरूमा एउटै सामान धेरैले छुँदा, पैसा छुँदा, हात मिलाउँदा, जुठो खाँदा, सरसामान बाँडफाँड गर्दा संक्रमण एकबाट अर्कोमा बढ्न सक्छ ।
----
कस्ता समाचार सुन्ने, कति सुन्ने ?
* आफूलाई पूर्ण जानकारी भ‌एपश्चात धेरै समाचार सुन्नु, पढ्नु पनि राम्रो होइन । 
* संक्रमण बढेका, मृत्यु भ‌एका खबरहरू धेरै सुन्दा एकोहोरो हुन सक्छ ।
* भरपर्दा अनलाइन मिडिया, रेडियो टिभीका समाचार मात्रै सुन्ने, हेर्ने, पढ्ने
* अफवाह फैलाउने क्रम जारी छ, यसबारे प्रहरीलाई जानकारी गराउने, आफू र परिवार आफ्ना आफन्त, छरछिमेकीलाई हल्लाको पछि नलाग्न आह्वान गर्ने
----
प्रयोगशालाहरू:
* राष्ट्रिय प्रयोगशाला, काठमाण्डौँ
* धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला सुचारू भ‌एको छ ।
(सातै प्रदेशमा स्थापनाको तयारी)
----
थप जानकारी कसरी लिने ?
* कोभिड १९ सम्बन्धी कुनै जानकारी चाहिएमा बिहान ८ देखि बेलुका ८ बजेसम्म ९८५१२५५८३७/३९ मा फोन गरी जानकारी लिन सकिनेछ ।
* विस्तृत जानकारीका लागि १११५ फोन गर्न सकिने
----
जाँच गराउँदा पैसा लाग्छ ?
* यसको लक्षण देखिएको तीन दिन घरमै बस्ने, उस्तै समस्या भैराखेमा स्वास्थ्य संस्थामार्फत् खकार जाँच गराउन सकिने
* जाँच तथा उपचार नेपाल सरकारले निशुल्क गर्ने
हाम्रा दायित्वहरू:
बालबालिका र वृध्दवृध्दा तथा अशिक्षित वा जानकारी नभ‌एका वा आत्तिएका मानिसहरूलाई यसबारे सचेतना दिनु हाम्रो दायित्व हो । आफूलाई सम्भावित लक्षण देखिएमा अस्पताल जानुपर्नेछ । अन्यथा यसले परिवार, छरछिमेक, आफ्नाआफन्त र सिङ्गो देशलाई असर गर्न सक्छ । हालसालै विदेशबाट आएका व्यक्तीहरू रहेको समाज भयभीत छ, उनीहरूले सरकारको सम्पर्कमा पुगी क्वारेन्टाइनमा बसून् ।
सबैको जय होस् ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २