Wednesday, March 11, 2020

हास्य पदक

* गोरखा दक्षिणबाहु ब्यूताउँने हो ?
पक्कै ब्यूताउँने हो । जनहितको निर्णय गर्न लगलग काम्ने, कर उठाएर आफ्नै घर बनाउँने, जनताको ढाड भाँचेर रजाईँ गर्ने, सरकारी सम्पत्तीको दोहन गर्ने उत्कृष्ट आफैँ सेवकलाई देशबाहिर जाउ भन्दै 'राहु गोरखा दक्षिणबाहु' प्रदान गर्ने ।
* त्रीशक्तीपट्ट कसलाई दिने ?
ठूला पदमा रहेका साना पदका कर्मचारीसँग व्यभिचार गर्न बाध्य पार्ने वृध्द जवानलाई त्रीसठ्ठी पटक कोर्रा हान्नी प्रमाणपत्र दिने ।
* नेपाल यत्न कसलाई दिने ?
बा आमालाई सडकमा पु-याउने, जाँडरक्सी खाएर श्रीमती पिट्ने, छोराछोरीलाई नपढाउने, खेतबारी बाँझो राखेर सरकारलाई गाली गर्नेमध्येको एक कनिष्ठलाई जिउँदै मरेको मान्छे घोषणा गर्दै आउँदो वर्षको 'नेपाल यत्न' दिने ।
२०७६ भरतपुर

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २