Thursday, May 16, 2013

बोर्डिङ स्कूल प्राइभेट लिमिटेड



                                                                –संप्रस पौडेल दिवस
जग हाल्ने पैसो स्वास्नीमार्फत् ससुरालीतिरबाट ल्याएपछि सिमेण्टको लिपपोत गर्दै ब्लक लगाई कुखुरा खोर बनाइयो । कहिले बर्डफ्लु, कहिले टुलुटुलु हेर्दाहेर्दै पाँच लट कुखुराले सिल्टिम्मुर खाएपछि साहुको ऋणभन्दा ब्याजै तिर्न पनि हम्मे हम्मे भै मामा र काकाको शरण लिनुप¥यो । नातामा मामा, काका, भिनाजु, ज्वाइँ, र छिमेकीदेखि परारै गोरु किन्नेसम्म र साथीसंगीदेखि हाकिम, कर्मचारीसम्म, पिउनेदेखि पिलाउने सम्मबाट ऋण लिएर कुखुरा राखेपछि कुखुराले भुत्ला उडाउनु र जिन्दगीभर नाकमा सुली गन्हाउनु बाहेक कुखुरा राखेदेखि नै पैसो देख्न पाएको होइन । नेपाल बोर्डबाट एसएलसी, उच्चमावि शिक्षा परिषदबाट आइए र राजा त्रिभुवनकै पालाको व्यवस्थापन र नीतिमा चलेको त्रिभुवन युनिभर्सिटीबाट जसोतसो डिप्लोमाको सर्टिफिकेट लिएर पनि अण्डा नपार्ने, शुली पाउने कुखुरा पालेर बस्नु पढाइकै बेइज्जत भएको भन्दै गाउँलेहरुले धिक्कारे । अनि कुखुराका चल्लाभन्दा मानिसका चल्ला राखेर उत्पादन र आर्थिक आम्दानी गरुँ भन्ने उद्देश्यले पल्लो टोलमा जस्तै मैले पनि खोलेँ, बोर्डिङ स्कूल प्राइभेट लिमिटेड ।
कोरा पढाईलाई टेकेर गोराका भाषा सिकाउने उठेका पैसा बोरामा हाली थन्काउने उद्देश्यले बोर्डिङ खोलेर नाकको पोरा फुलाउँदै हिँड्नु कम्ताको इज्जतिलो पेशा होइन । चित्तमा कता कता पित्ततिर अड्किरहेको भावलाई पापधर्म नसम्झी बोर्डिङ खोल्ने सोच नयाँ नेपालमा धेरैले राख्लान् । फेरि एउटाले जुन पेशा गरेर उन्नती ग
¥यो, त्यहि पेशा अंगाल्ने भांग्रे सँस्कृति र नक्कलको आपैंmले अक्कल गरेपछि प्रतिस्पर्धा पनि हुने नै भयो । भोली कसले देखेको छ र ? यहि सिद्धान्तमा आधारित हुँदै जे पर्ला त्यही टर्ला भन्दै खोलेको बोर्डिङ प्रा.लि. को उद्घाटन पनि सस्तै गाउँले नेताबाटै गराइयो । त्यो पनि उनका साखा सन्तानलाई सित्तैमा पढाइदिने एकबुँदे शर्त र सहमतिमा । (शर्त र सहमति नेताहरुका एकलौटी शब्द भएका छन् ।)
अब भर्ना फि
, फारम शुल्क, परीक्षा शुल्क, ट्युसन र अतिरिक्त तथा रेडक्रस र खेलकूद फि समेत असूल गर्ने उपायपछि भारतमा बनेका सस्ता किताब लगाउने कुरोले मनको धुरोमा जुरो उठाएपछि म बबुरोलाई के चाहियो र ? र तत्काल मेरा नियमहरु लागू हुँदै पनि गयो । आपैंm संस्थापक, आपैंm प्रिन्सिपल, घरका कखरा खुट्याउने सदस्य जति मास्टर र कार्यालय सहायक बनाएपछि खर्चको खोलो बगाउनुभन्दा त्यसको जोहोमा कोकोहोलो नहुने नै भयो ? बाँकी अंग्रेजी र गणित शिक्षक यो बेरोजगारी मुलुकमा घरैपिच्छे दुई चार जना पाइने नै रहेछन् । टाइ, सुट, हाते झोला, मोटर साइकल, कालो चस्मा, घाँटीमा चेन, कपालमा जेल मास्टरी पोषाक, टाइ, सर्ट, पाइन्ट, टिफिन, झोला, दशोटा किताब, दशोटा कापि, पानीको बोत्तल विद्यार्थीका पोषाक अनिवार्य भएपछि भएन त मेरो प्राइभेट लिमिटेडको देखावटी रवाफ ? अझ पढाईमा भन्दा बारैपिच्छे छ थरीको पोषाकले प्रा.लि. छिर्ने जोसुकैले भन्लान्, “सयौं थुँगा पूmलका हामी...
चल्ला ओसार्ने गाडी कवाडीतिर खोजियो
, भनेजस्तो सस्तो नभेटिएपछि देखाउनलाई रिक्सा र ट्याम्पुमा ओसार्ने, त्यतिले पनि नपुगे प्रत्येक कर्मचारीले दुई दुई चल्ला साइकलमा ओसार्ने आन्तरिक नियम पनि लगाइयो । भर्नामा पाँचोटा हजार र टाइको दाम पाइन्टभन्दा बेसी राख्नुपर्ने नियम बनाइयो । जुत्ता, मोजा र रुमाल पनि प्रा.लि. ले तोकेकै पसलमा किन्नुपर्ने उर्दि लाइदिएपछि घरकीलाई कुर्तिको दाम पनि उब्रने रहेछ । परिचयपत्रले त महिनाभर भटभटेलाई इन्धन किन्न पनि पुग्ने रहेछ । एउटै परिक्षाले अर्को भटभटे फेर्न पुग्ने भएपछि दशैं तिहारमा को चिठ्ठा काटिरहोस् । बर्षमा चारवटा परीक्षा, परीक्षा खर्च प्रतिचल्ला (मानिसका) ५ रुपियाँ र असूल्ने सल्लाह प्रतिचल्ला रु. ५००।पनि काइदाकै रहेछ ।
भर्ना शुल्क
, मासिक शुल्क, परीक्षा (सिजन) शुल्क सबै असुलेर अभिभावकको ढाड भाँचेपछि चुँक्क बोल्ने आँटै पो कस्को हुने र ? पैसो धेरै असुलेपछि गुणस्तर पनि राम्रो हुन्छ भन्ने छाप सबै नेपालीमा भएकै हो क्यारे ।
केही चकचके टिउराहरुलाई तह लगाउन पोलिथिन पाइप
, डोरीको व्यवस्था आन्तरिक र गोप्य रहने । शिक्षकको तलब तोकिए बमोजिम हुने, शुरु स्केल पन्ध्र सय । प्रतिबर्ष तीस प्रतिशत महंगी बढ्दा तीन प्रतिशत तलब बृद्धि हुने । तलब वृद्धिको कुरा उठाउने कर्मचारीलाई अयोग्य ठहर गरी निश्कासन गर्ने । विद्यालय तथा प्रिन्सिपलले तोकेको कार्यक्रममा उपस्थित नहुने शिक्षकशिक्षिकालाई जरिवाना लगाउने र जरिवाना आन्तरिक भुँडी भण्डारणमा खर्च गर्ने । संस्थापकका नियमित बैठक हुने, खर्च जति प्रा.लि. कै खातामा राखिने हुँदा व्यक्तिगत लाभहानीको हिसाबमा प्लसपोइन्ट मान्नैपर्ने रहेछ । असफल विद्यार्थीहरुका कारण अन्यत्र भर्ना गराउन खोज्ने अभिभावकसंग बार्गेनिङ (कुकुर भुकाईः अक्सफोर्ड डिक्सनरी) गर्ने र घटाघट तथा आपसी सहमतिमा आफ्नै प्रा.लि. मा स्थापित गराउने । माध्यमिक नहुञ्जेलसम्म यसै प्रा.लि. मा बालभरियाहरु (प्रा.लि. का ग्राहकहरु) रहनुपर्ने र अन्यत्र जान नपाइने उर्दि सुनाउँने । यस्ता नियमहरुले आफ्नो प्रा.लि. र आफ्नो स्तरवृद्धि तथा स्तर उन्नतिमा साधक सिद्ध हुने भएपछि को जाओस् खोरिया बेचेर कोरिया ? दुबई गएर खुबै पैसा कमाउँने सपना साँच्ने ठिटाठिटी हो, लौ खोलौं बोर्डिङ स्कूल प्राइभेट लिमिटेड ।
(केवल हाँस्यव्यंग्यको दृश्टिले रचित रचना भएको हुँदा कसैप्रति चोट पर्न गएमा त्यो संयोग मात्र हुनेछैन
, वास्तविकता पनि ।) अस्तु । २०६९ असोज www.facebook.com/nepali.sampraspaudel
Sambridhasamaj daily, hetauda  मा प्रकाशित

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २