Thursday, May 16, 2013

नेपाल जेलभित्र


यी सबै गन्हाएका मोजाहरु हुन्
गन्हाइए पनि धुँदै लाउँदै लाउँदै धुँदै
यी भारतबाट हुत्याइएका
यी चाइनाबाट लत्याइएका
उतापट्टी विशिष्ट पाहुना बस्ने कक्षमा
बेलायतबाट मुन्ट्याइएका
माथिपट्टी महामहिमहरुको भेलामा
सबै धकेलिएका र गलहत्याइएकाहरु
यी सबैले पालैपालो चलाइरहेका
मेरो देशको सरकार ।
उसको नीति र नियममा
चलिरहेको चिडियाघरको अढाइ करोड प्राणी
आफ्नो अधिकार र विकासको कुरा गर्दै
वल्लो र पल्लो गुफा चहार्दा
चल्न नसक्ने गरी दाम्लोले जेलिएको
नेल र ठिंगुरो ठेलिएको
भन्नलाई सरकारको नागरिकता पाएको
मेरो सात पुस्ता जस्तै मर्दै बाँच्दै गरेको
म एक नेपाली नेपाल जेलभित्र ।

(मितिः २०६९ मङ्सिर १९ गते२०६९)

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २