Thursday, May 16, 2013

एक्काइसौं शताब्दीको नयाँ नेपाल



हामी मंगल र चन्द्रमाको यात्रा गर्ने पक्षमा छैनौं । २१ औं शताब्दीको आइटीको जमाना; ग्लोबल भिलेजको अवधारणा । हामी फेसबुक नामक आठौं महादेशमा छौं । यस महादेशमा हतियार लिनेले आफूलाई बुद्धको भक्त ठान्छब्रम्हचारीहरु धमाधम विवाह गरी घरजम गर्न थाल्छन्युवाहरु हजुर्माको उमेरकासँग गफमा लठ्ठ हुन्छन्युवतीहरु काकाका उमेरसँग गफमा व्यस्त भेटिन्छन् । यो आजकल धेरैले फेसबुकमा अरुले झैं आफ्नो पनि विदेशी मित्र भएको कुरा बताउने रवाफले काली तर दिलवाली विदेशी मित्रसँग मित्रताको नाता गाँसियो । "कसै कसैले गोरु बेचेको नाता पर्छ कि ?" भन्दै व्यंग्य पनि गरे । "नेपाली हो र शहरमा बसी पाँचोटा डिग्री भ्याएर गाउँ गएर गोरु जोत्नलाई ?" मुख भरीको जवाफ दिएँ । वास्तवमै विदेशीहरु कहाँ गोरु किनबेच गर्छन्? किनबेच गर्नै परे इन्टरनेटमा विज्ञापन राखेर कौमारित्व बेच्छन् । त्यो पनि यूनिभर्सिटीको बिल तिर्न । फेसबुकमा मेरा बडा आदर्शवादी बौद्धिक साथीहरु पनि छन् । म उहाँहरुको बौद्धिकतालाई सँधै सम्मान गर्छु तर आदर्श भन्ने कुरो नखस्किए हुन्थ्यो भन्ने लागिरहन्छ । खै कतिखेर बौद्धिकताको फ्युज जाने हो र आदर्शताको ढ्वाङ छताछुल्ल ।
एक बौद्धिक साथी प्रश्नहरु मुखमा लिएर हिँड्छन् र जहाँ पायो त्यही आफ्नो बौद्धिकता तेर्स्याउँछन् । एक दिन एउटा घरको आँगनमा रहेको लाशै नजिक बसेर बडो इमान्दार आदर्श व्यक्त गरे । "उमेर हेर्दा ७० नाघिसक्नु भारैछनरुनोस् नरुनोस् मर्नेबेला औसत उमेर कटेको पनि १४/१५ वर्ष नाघिसकेछ ।" भनेपछि घरबेटीले भोटेकुकुर फुकाएर लखेटम् कि जान्छौ भन्दा बाटो लागे आफ्नो बौद्धिकता गोजीतिर कोचेर ।
चौतारोमा आजकल तासभन्दा बढी राजनीतिक गफ हुन्छन् । दुइ सन्तान ईश्वरका बरदान भन्ने नारा छ । जन्मेका सन्तानजति घरैपिच्छे राजनीतिक नेता पो हुन्छन् । अझ सबै नेता हुन चाहन्छन् । को बन्ने झुम्रे बेरोजगारी र लंगौटी कार्यकर्ता । सके बन्ने हर्ताकर्ता नसके बन्ने झुम्रे नेता । तर नेता नबनी नछोड्ने लहडबाजीमा स्कूल कलेजदेखि उद्योग मात्र होइन शिक्षक र निजामतीका संगठनहरु समेत अनेकन दाउपेच र अनेकन झण्डामुनी गन्हाएर बसेका छन् । यस्तै हुन्छ एक्काइशौं शताब्दीमा । 
कर्मचारीले हाकिम कुट्दैछन् । टिभीमा अनुहार नआएको मन्त्रीले पनि सिडिओ कुटेर देशमा चर्चा कमाए । सक्नेले आँटै गरेर भ्रष्टाचारीलाई ट्वाइलेटमा थुन्ने । नसक्नेले ज्यूज्यू गाएर भ्रष्ट सञ्चारमन्त्रीलाई सुख सुविधामा कुनै कमी नहोस् भन्दै भद्रगोल जेल पठाउने । जुन जेलमा नवाफका नातीलाई प्राप्त हुने सुविधा छ‚ त्यही जेलको नाम हुन्छ भद्रगोल । वाह रे वाह एक्काइसौं शताब्दीको नयाँ नेपाल ।  क्रमशः लेख्दै

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २