Tuesday, March 19, 2013

कार्टुन

रङ र कुची मलाई साह्रै मन पर्छन् । ललितकला क्याम्पसमा भर्ना हुन नसकेपछि पनि मलाई चित्र र रङहरुले सँधै ललायीत बनाइरहेछन् । 
पहिलो पटक मकवानपुर बहुमुखि क्याम्पस‚ हेटौंडाका पत्रकारिता समूहका विद्यार्थीहरुले प्रकाशन गर्ने मकवानपुर दर्पणमा मेरो कार्टुन छापिएको थियो । सो कार्टुन पत्रिकालाई दिँदा तत्कालिन राजा ज्ञानेन्द्र शाहले असोज १९ को शाही घोषणा गरी देशभरका पत्रपत्रिका बन्द गरिदिए । यसरी कार्टुन दिएको ठीक १ वर्षपछि सन्दर्भ विशेष भै सो कार्टुन छापिने मौका पायो । तापनि मलाई तत्कालिन जुनकिरी मासिक पत्रिका (पश्चिम मकवानपुरबाट प्रकाशित) ले कार्टुनिष्टको रुपमा चिनाएको हो । शिवकुमार काशी‚ गोविन्द पौडेल "एसिड" तथा रामकुमार एलन दाइहरुका सहयोग बिर्सनयोग्य छैन नै ।
 
यसैगरी हाँडिखोलाबाट प्रकाशित तत्कालिन मौसम मासिक‚ शान्तिश्रृजना द्वैमासिकमा पनि कार्टुन कोर्न थालेँ । कार्टुन कोर्ने रहर अझै तुहिएको छैन । आज बर्षौंपछि एउटा कार्टुन कोरेँ ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २