Monday, April 1, 2013

अप्रील फूल !


अप्रिल फूल कविता...
भगवान दाहिना हुन्‚
शत्रु देब्रेतिर बसुन्
अन्नमा सलह नबसुन्‚
टाउकामा आकाश नखसुन् ।

आकाशमा भूइँचालो नआओस्‚
चैत्रमा बाढी नलागोस् ।
बरु पत्रु लागुन्
तर शत्रु नलागुन् ।

घुसको सट्टा कहिल्यै
चिया र जुस पनि नझरोस्
यो फूल बाह्रै महिना गमलामै फूलिरहोस्
दलको झण्डा छोडेर देशको झण्डा चुलिरहोस् ।

अँगेनामा आगो नटुटोस्‚
शत्रुको नि घर नफुटोस् ।
साथीभाइको सम्बन्ध राम्रो होस्‚
"मेरो मेरो" होइन "हाम्रो" होस् ।

भाषणमा ताली नझरोस्‚
कसैले गाली नगरोस् ।
बलियाले गालामा नपुक्याउन्‚
लुतेले आज नझुक्याउन् ।

स्वदेश विदेश बस्ने‚
भेट हुँदा चिप्लो घस्ने
पछिपछि कुरो काट्ने
भेटमा गाला चाट्ने
मित्रु र शत्रु सबैको
होस् मंगलमय कामना
नेपालीहरुको महान चाड
अप्रील फूलको शुभकामना ।
२०६९ चैत्र १९

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २