Monday, April 29, 2013

आए आँप गए झटारो : भाषाको झटारो



 – संप्रस पौडेल दिवस

मानिस, जनावर र पशुपन्छी सबैका आआफ्नै भाषा छन्, आफ्नै बोल्ने तरिका । त्यसो त आवाज निकाल्न नसक्ने जिराफले भाषाविना पनि भावना व्यक्त गर्न सक्छ । जनावरका कुरा यतै थाती राखेर भन्दा यहाँ मानिसका एउटै भाषा पनि लेख्न र बोल्नमा फरक फरक छन् । बोलाईको भाषा ठाडो हुन्छन् त लेखाईको मिजास र सिलसिलेवार ।

पत्रिकामा छापिएको समाचारका हेडलाइनले अर्थको अनर्थ लगाएका प्रशष्त उदाहरण छन् । हाम्रा बोलीचाली तथा पत्रिकाका गल्तीहरुलाई यसरी अपरेसन गरिन्छ:

अन्तर्वार्तामा सोधिन्छ: चिया खानुभयो ?

चिया खाइन्छ कि पिइन्छ ?

विर्खे दाई सुझाउँछन्: हाजीपुरे केरा पनि पसाएछ नि ।

बोटबाट बाहिर निस्किएको कि भित्र पसाएको ?

किसानको आरोप छ: कृषि विकासका हाकिमले सरकारले दिएको अनुदानको मल र बीउ खाए ।

हैन मल र बीउ खाने कुरो हो र ? तरकारी अन्नमा मल हालेर बीउ उम्रेर फलेको फल पो खाइन्छ ।

व्यापारी सोध्छन्: फलफूल खाने हैन ?

फल मात्रै खाने फूल चाहीँ पूजा गर्ने ।

गृहिणीको आरोप छ: खानेपानी संस्थानले तीन दिन भयो, खानेपानी नै दिएन नी ।

त्यसो भए पिउने पानी त दिई राख्या होला नी ? यो पिउने पानी दिने संस्थानको नाम कसरी खाने पानी भयो ?

आजु र पिँडालु धेरै खानाले कटक्क पेट काटेको छ ।

पेट दुख्छ, भतभती पोल्छ, तर पेटै काट्यो भने त मरिन्छ होला है ।

साथीले सोध्छ: आज फेसबुकको वालमा के पोष्ट ग¥यौ ?

फेसबुकको भित्तामा ? वा टुँडिखेलमा ?

फेसबुकमा पोक गर्न मज्जा आउँछ नि ।

पोकको अर्थ नेपालीमा घोच्नु हुन्छ । सियो, सिरिञ्जले ? ल ल घोच निर्मलीकरण गरेर मात्रै है त ।

झापामा थोते मकै फल्यो ।

थोते फल्यो होइन, मकै नै फलेन नि । वा घोघामा कम मकै फल्यो ।

नेपाल भारतमा ।

नेपाल देश भारतमा होइन कि, माधवकुमार नेपाल भारतमा गए भन्न खोजिएको ।

चार चोर प्रहरी थुनामा ।

चोर्ने प्रहरी थुनामा होइन कि, चार जना चोरहरु प्रहरीको थुनामा भन्न खोजिएको ।

निगम टाट भयो ।

हाम्रै आयल निगम टाट भएको हो न कि सोनु निगम र उनका बाबु अगम निगम ।

आउँदो हप्ता नयाँ विषयमा भेटौंला । अस्तु ।

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २