Wednesday, April 10, 2013

पत्रिकाका तितामीठा कुरा र समाजसेवा !



1. एकदिन पत्रिकामा "दमनको राजनीति" शिर्षकमा समाचार छापिएछ । केकेन दमन रुपाखेतीले राजनीति गर्न लागेछन् कि भनेको त हाम्रो राजनीतिमा एकले अर्कालाई दमन गर्ने कुरो पो छापेको रहेछ । नेपालको जन्म हुनुभन्दा अघिदेखि भएको दमन गर्ने राजनीति बारे पत्रकारले यतिखेर पो सुइँको पाएछन् ।
2. अर्को दिन स्थानिय पत्रिकामा "चालकले मापसे गर्दा छड्के जाँच" यस्तै सम्बन्धी शिर्षक हुनुपर्नेमा "चालक" शब्दको बीचको "" नै छुटेछ ।
3. त्यस्तै अर्को कुनै दिन पत्रिकामा "नेपाल भारतमा" भनेर समाचार छापियो । उसै त भारत परस्त भनेर एक नेताले अर्को नेतालाई गाली गरेको बेलामा सबै मिलेर नेपाललाई भारतिर गाभेर स्वाहा गरेछन् कि कसो भन्ने ठानेको पूरै समाचार पढेपछी पो थाहा भयोमाधव नेपाल सामान्य रुघाखोकी लागेर सरकारी खर्चमा प्लेन चार्टड गर्दै भारतमा उपचार गर्न गएछन् । जे होस् उनलाई चाँडै निको भोउनको रुघाले त निकास पायो तर देशले उल्टो गतिको विकास पायो ।
4. हाम्रा पत्रपत्रिकाले गर्नु गरेका छन् । जनतालाई धेरै सुसुचित गरेका छन् । कसै कसैले भने सुसुचित गर्ने नाउँमा सुची गरेका छन् । एउटा राष्ट्रियस्तरको कालो अक्षर छाप्ने पत्रिकाले कांग्रेस नेतालाई भगवान शिवभन्दा ज्यादा उचाइँमा राखेर समाचार छाप्छ र उसैले अरु नेतालाई भगवान शिवभन्दा ज्यादा छाडाबहुलठ्ठी ठानेर समाचार छाप्छ ।
5. आजकल पत्रपत्रिकाहरु आफूलाई समाजसेवी ठान्छन् । जबकी समाजसेवा गर्नेले "कृपया पत्रिका किनेर पढ्ने बानी बसालौं ।" भनेर विज्ञापन गर्न पाइन्छ । समाजसेवा गर्नेले सित्तैमा बाँड्नुपर्छ ।
6. स्रोतको कुराः आजकल पत्रपत्रिकाले विश्वस्त श्रोत भन्दै समाचार छाप्ने गरेका  छन् । माओवादीका प्रचण्डले बाबुराम र बैद्यलाई बराबरी विश्वास गरेका भए पार्टी फुट्थ्यो ? यहाँ पत्रिकालाई सो स्रोत विश्वस्त श्रोत लागे पनि पाठकलाई नलाग्न सक्छ । यसैले विश्वस्त श्रोतको ठाउँमा उसको न्वारानकै किन नहोस् श्रोतको नाम लेख्नुपर्छ ।
7. प्रहरी पनि निरिहः आजकल मिडियाले फौजदारी घटनाԨ‚ अभियोग लगायतका समाचारहरु लेख्दा प्रहरीलाई उदृत गर्न गाह्रो मान्ने गरेका छन् । त्यसैले हाम्रा टिभीहरुले "प्रहरी प्रशासन निरिह" भन्दै प्रहरीलाई सूचनासम्म नदिई समाचार प्रकाशन प्रशारण गर्ने गरेका छन् । अझ समाजसेवा भन्दै उफ्रिन्छन् ।
8. समाजसेवा के हो ? : तलब लिने कर्मचारीले सेवाग्राहीको काम सम्पादन गर्दा त्यसलाई सेवा मान्न सकिन्छ न कि समाजसेवा । यस्तै तलब लिएर कुनै पनि पेशा अपनाइन्छ भने त्यो सेवा हो समाजसेवा होइन् भन्ने कुरो सबैले सिक्नु अनिवार्य हुन्छ । तन मन धन वचन र कर्मले निश्वार्थ रुपले निशुल्क रुपमा सेवा प्रदान गरिन्छ भने त्यो नै समाजसेवा हो । यसैले पत्रकारिता पनि एउटा उद्योग हो । यसको सम्मान गरौंआफ्नो पेशाको हकहित अभिवृद्धिका लागि मरिमेटौं । शिक्षकपत्रकारमजदुरडाक्टरचालककिसान सबैले आफ्नो उत्पादन वा आफ्नो परिश्रम बापत आर्थिक वा भौतिक रुपले कुनै न कुनै चिजबिज लिन्छ भने त्यो सेवा हो समाजसेवा होइन ।
मितिः २०६९ चैत्र २७ गते

No comments:

Post a Comment

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २