Thursday, April 11, 2013

मुर्खदेखि दैव किन डराउँछन् ? (उत्तर)


स्वर्ग छोडी आए शिव  र बुद्ध
अल्लाह र यशु आए भइकन क्रुद्ध ।

त्यता सदनबाट नेपालका सडक आए शिव
नांगै जन्मी नांगै जानु को धनी गरिब ?
राजनीति हावी भो भन्छन् नेपालतिर
स्वर्ग बसी नसक्नु रे छैन मन थिर ।


बुद्ध पनि आइ हिजो निकै दुख पोखेथे
चाहँदैनन् कोही भन्दै 'शान्ति' उनै बोकेथे
अल्लाहले अस्ति मात्रै शान्ति बसाले
आजै के भो भन्दै थोपा आशु खसाले ।

यशुले किला रोपी मर्नु परेकोमा
हाँसिरथेँ भने शुली चढ्नु परेकोमा
परिवारमै काटमार कस्तो दानवता ?
आजै के भो भने "कता बेच्यौ मानवता ?"

दिनदिनै सडक पोल्या धुवाँ स्वर्गतिर जाने
यतातिर हान्या टियर उतैकाले खाने
गोली हान्यो गड्याङ गुडुङ उतै कराउने
यै हो बुझ "मुर्खदेखि दैव पनि डराउने" ।
मितिः २०६९ चैत्र २८ गते बिहान १०:०२

4 comments:

  1. कविता त समसामयिक छ । सत्य ओकलेको छ ।

    ReplyDelete
  2. कविता उत्कृष्ट र समसामयीक रहेछ । राम्रो लाग्यो ।

    ReplyDelete

तपाईँलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् ।

च्वास्स २